29.1 C
Kathmandu

आन्तरिक राजश्वमा शाक्य र भन्सारमा भट्टराई नियुक्त, सिस्टमले काम गर्ने भन्दै नयाँलाई अवसर

अर्थ मन्त्रालयले मातहतको दुई प्रमुख निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभागमा दुई सहसचिव पदस्थापन गरेको छ । अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजश्व विभागको महानिर्देशकमा अर्थ मन्त्रालयका सहसचिव एवम प्रवक्ताको जिम्मेवारी सम्हालेका रितेशकुमार शाक्य नियुक्त भएका छन् ।

अर्थ मन्त्रालय अन्तर्गतको राजस्व प्रशासनको अर्को महत्वपूर्ण निकाय भन्सार विभागको महानिर्देशकमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका सहसचिव कमल भट्टराइलाई नियुक्त भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

सिस्टमले काम गर्ने निकाय भएकोले राजस्वको ज्ञान नभएका व्यक्तिलाईसमेत अवसर
अर्थ मन्त्रालयले भने सिस्टमले काम गर्ने निकाय भएकोले राजस्वको ज्ञान नभएपनि सिक्दै काम गर्दै गर्ने भएकोले कुनै फरक नपर्ने बताएको छ ।

आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक शाक्यले आइतबार साँझ मात्रै पत्र बुझेकोले अब भोलि सोमबारदेखि पदवहाली गर्ने जानकारी दिएका छन् ।

यस अघि आन्तरिक राजस्वका महानिर्देशक शोभाकान्त पौडेल र भन्सार विभागमा नारायणप्रसाद सापकोटा महानिर्देशक थिए । दुबै महानिर्देशक सरुवा भएपछि खाली रहेको पदमा दुई सहसचिव शाक्य र भट्टराई नियुक्त गरेको पनि अर्थ मन्त्रालयको भनाइ छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार