29.1 C
Kathmandu

अर्बमा खेल्ने व्यवसायीलाई ४५ लाख धरौटी बुझाउन नसक्दा कारागार पठाइयो

काठमाडौैं । दरबारमार्ग र कान्तिपथमा मदिराको व्यापार गर्ने ग्रीनलाइन स्टोरका सञ्चालक अमित अग्रवाले ४५ लाख धरौटी तिर्न नसक्दा जेल चलान भएका छन् । अर्बमा खेल्ने व्यवसायीलाई तोकिएको धरौटी बुझाउन नसकेकै कारण शुक्रबार विशेष अदालतले अग्रवाललाई डिल्लीबजार कारागारमा पठाइएको छ ।

महानगरीय प्रहरी परिसर टेकुकाका अनुसार बैंकिङ कसुरमा पक्राउ परेका अग्रवाललाई अदालतले जमानतका लागि ४५ लाख धरौटी माग गरेको थियो ।

अग्रवालविरुद्ध गत असोज महिनामा २ जना व्यवसायीले बैंकिङ कसुर अन्तर्गत उजुरी दिएका थिए । अदालतले दुई वटा उजुरीमा ४० लाख र ५ लाख गरी ४५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

अग्रवाल केही समय अघि बैंक तथा मिटरब्याजीको ऋण तिर्न नसकेर परिवारसहित भागेर भारत पुगेका थिए । तर त्यसको केही समयपछि अमित अग्रवाल नेपाल फर्किएर पत्रकार सम्मेलन गर्दै सबैको ऋण चुक्ता गर्ने समेत बताएका थिए । त्यसको केही समयपछि प्रहरीले अग्रवाललाई पक्राउ गरेको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार