29.1 C
Kathmandu

जिपको विद्युतीय गाडी सार्वजनिक

काठमाडौं / जिप ब्रान्डको उत्पादक विश्वकै चौथो ठूलो अटोमोबाइल ग्रुप स्टेलेन्टिसले यो ब्राण्ड लाई ‘इलेक्ट्रिफाइ’ गर्ने भएको छ । जसअनुसार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रि-इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट केहिदिन अघि सार्वजनिक गरेको छ ।

कम्पनीले अहिलेसम्म यसलाई कुनै नाम दिएको छैन । सुरुमा युरोपमा सार्वजनिक गरिने यो ‘इलेक्ट्रिक भेहिकल’ त्यसपछि नेपाल र भारतसहित एसिया प्यासिफिक क्षेत्रमा पनि ल्याइने कम्पनीले जनाएको छ । यो ईभी जिपको लेजेन्डरी क्यापाबिलिटी भएको सेग्मेन्टकै एक मात्र ईभी हुने कम्पनीले जनाएको छ ।

मंगलबार सार्वजनिक गरिएको पहेंलो रंगको जिप ईभीको आकार जिप रेनेगेड र कम्पासको बीचमा रहने देखिन्छ । फ्रन्ट सटमा जिपको सिग्नेचर सेभेन स्लट ग्रिल रहेको छ र एउटा ग्रिलमा अंग्रेजी अक्षरको ‘ई’ लेखिएको छ जसको अर्थ इलेक्ट्रिक भन्ने बुझिन्छ । पछाडिको भाग भने टेलपाइप विनाको चेरोकी वा रेनेगेड जस्तो देखिन्छ । यो कम्पनीले सन् २०२६ सम्ममा आफ्नो युरोपेली बिक्रीको शत प्रतिशत ईभी हुने लक्ष्य लिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार