26.1 C
Kathmandu

फागुन पहिलो साताको तरलता अबस्था, १ अर्ब निक्षेप, ४ अर्ब कर्जा लगानी

काठमाडौं । फागुन पहिलो साताको तरलता अबस्था पनि उस्तै छ । १ अर्ब निक्षेप थपिदा ४ अर्ब कर्जा प्रवाह भइरहेको छ । लगानीकोरोना भाइरस ९कोभिड(१९० संक्रमणको त्रास विस्तारै कम हुँदै गएपनि बैंकहरुमा देखिएको लगानी योग्य रकम ९तरलता० अभाव भने अहिलेसम्म पनि जारी छ ।

कर्जा लगानीमा आक्रामक बनेका बैंकहरुको निक्षेप संकलन भने सुस्त हुँदा यो समस्याले फागुन पहिलो साता समेत निरन्तरता पाएको छ ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघका अनुसार पछिल्ले तथ्यांक अनुसार कर्जाको एक चौथाईमात्रै निक्षेप संकलन भएको छ ।

सामान्यतया बैंकको जति निक्षेप संकलन हुन्छ त्यो भन्दा कम मात्रै कर्जा लगानी हुनुपर्छ । तर बैंकहरुमा पछिल्लो साता कर्जाको २५ प्रतिशतमात्रै निक्षेप संकलन भएको छ ।

संघले दिएको जानकारी अनुसार बैंकहरुको निक्षेप फागुन पहिलो साता १ अर्ब रुपैयाँले बढेको छ । माघ अन्तिम दिनसम्म बैंकहरुमा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा १ अर्बले बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ ।

उता कर्जा लगानी भने ४ अर्ब रुपैयाँमाथिले बढेको छ । माघ मसान्तमा ४१ खर्ब ५५ अर्ब रुपैयाँ रहेको ऋण लगानी चार अर्ब रुपैयाँले बढेर एक सातामा ४१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार