29.1 C
Kathmandu

७३ प्रतिशतको लाभांश घोषणाले जीवन विकासको शेयर उछाल, लगानीकर्ता उत्साहित

काठमाडौं । ७३.६७ प्रतिशतको आकर्षक लाभांशले जीवन विकासको शेयर उछाल आएको छ । यस अघि ५५ सय रुपैयाँ प्रतिशेयर पुगेर ३६ सयसम्ममा झरेको शेयर फेरि ५२ सय प्रति शेयर पुगिसकेको छ । लाभांशले लगानीकर्तालाई उत्साह थपेका कारण यसको शेयर मूल्यले फेरि रेकर्ड राख्ने देखिएको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ । यो लघुवित्तले ७३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यो लघुवित्त सञ्चालक समितिको प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाले स्वीकृति दिएपछि मात्रै शेयरधनीले पाउने छन ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६० करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजीको ७० प्रतिशत बोनश शेयर र ३।६८ नगद लाभांश प्रस्ताव गरेको छ । यसको चुक्ता पुँजीबाट ४२ करोड ५८ लाख ८० हजार रुपैयाँको बोनस शेयर र कर प्रयोजनको लागि ३।६८ प्रतिशत अर्र्थात २ करोड २४ लाख १४ हजार रूपैयाँ नगद गरी ७३।६८ प्रतिशत लाभांश दिने भएको छ ।

बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रूपैयाँ पुग्नेछ । आइतवार जीवन विकास लघुवित्त वित्तीय संस्थासहितका लगानीकर्ताले कमाए ।

जीवन विकासले ७३.६८ प्रतिशत बोनस दिने भएपछि लगानीकर्ता यसको शेयरमा झुम्मिएका छन् । यसको आज एक लाख ११ हजार ३४४ कित्ता शेयरको ४ हजार ७४० पटक कारोबार भएको छ ।

यसबाट ५८ करोड रूपैयाँको शेयर कारोबार भएको छ । जीवन विकासको सबै भन्दा बढी पटक कारोबार हुने र सबैभन्दा बढी रकमको कारोबार आइतवार भएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार