23.1 C
Kathmandu

६० अर्बको एमसीसीले नेपाली राजनीति तरंगित, गठबन्धत तोडेर एमालेसँग देउवाले सहकार्य गर्न सक्ने

काठमाडौं । फागुन मध्यसम्मको समय सीमा दिएर एमसीसी पास गर्नुपर्ने अमेरिकी दबाबपछि नेपाली राजनीति नै तरंगित भएको छ । अमेरिकाबीच भएको सम्झौता नेपालले संसदबाट अनुमोदन नगरे झन्डै ६० अर्ब रुपैयाँको अनुदान फिर्ता जान सक्ने भएको छ ।

यो रकम फिर्ता जानु भनेको नेपालको राजानीतिमा चीनको हालिमुहाली चल्न सक्छ भने अमेरिकाको असहयोग नीति आउन सक्छ । नेपालले जसरी पनि एमसीसी पारित गरेर नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिन सक्ने भएकाले प्रधानमन्त्री देउवाले गठबन्धन नै तोड्न सक्ने देखिएको छ ।

देउवाले एमसीसीकै कारण पाँचदलिय गठबन्धत तोडेर एमालेसँग सहकार्य गर्न सक्ने संकेत देखिएको छ । पछिल्लो समय एमसीसी विवाद पेचिलो बन्दै जाँदा सत्ता गठबन्धन धरमराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल शनिबार भने बालुवाटारबाट निराश भएर फर्किएका छन ।

बिहीबार साँझ दुवै नेताले प्रधानमन्त्रीलाई एमसीसी पास गरेर चुनावमा जाँदा सत्ता गठबन्धन पराजित हुने र एमालेले चुनाव जित्ने भन्दै चुनावसम्म रोक्न आग्रह गरेका थिए । एमसीसीलाई चुनावसम्म रोक्ने प्रस्ताव अमेरिकाले नमान्ने भन्दै देउवाले अस्वीकार गरेर पठाए ।

उनीहरुले दोस्रो विकल्प भनेको एमालेलाई पनि सहमतिमा ल्याएर सबै मिलेर पास गर्दा गठबन्धन पनि जोगिने र एमालेले एमसीसीविरोधी जनमतमा कब्जा जमाउन पनि नपाउने तर्क गरेका थिए ।

 

शनिवारको शीर्ष बैठकपछि प्रचण्ड माधव निरास देखिएको माओवादीका एक स्थायी कमिटी सदस्यले बताए । यसअघि शुक्रवार दुवै नेताबीच प्रचण्ड निवास खुमलटारमा लामो छलफल भएको थियो । दुवै नेता एमसीसी पारित गर्न आफ्ना पार्टीभित्र दबाबमा छन् ।

तत्कालीन नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रयोग गरिएको एमसीसीको अस्त्र अहिले प्रचण्ड माधवलाई नै भारी परेको छ । नेकपा कालमा पार्टीबाहिर समेत ओलीलाई बदनाम गर्न एमसीसीलाई यी नेताहरुले अनावश्यक रुपमा गिजोलेको आरोप छ ।

प्रधानमन्त्री देउवाले शनिवारको छलफलमा ‘तपाईहरुले साथ दिनु हुन्न भने मसँग अरु पनि विकल्प छन्,एमसीसी यसै सदनबाट पारित हुन्छ’ भनेर प्रष्ट भाषामा बताएको बालुवाटार स्रोतले जनाएको छ । यो जानकारी प्रधानमन्त्रीले जसपाका नेताहरुलाई समेत गराएका छन् ।

सत्ता गठबन्धनका कांग्रेस र जसपा एमसीसी पारित गर्न तयार छन् तर त्यो संख्य पर्याप्त होइन । नेकपा एमाले एमसीसी टेबल गर्ने र पारित गर्ने दायित्व सरकरको भएकाले प्रतिपक्षको मुख ताक्न आवश्यक नरहेको बताएको छ । देउवाले भनेको विकल्प चाहिँ गठबन्धन भत्काएर एमालेसहितको साथ लिएर एमसीसी पारित गर्ने भन्ने हो ।

एमाले आउने चुनावमा आफूविरुद्धको पाँच दलीय गठबन्धन फुटाउन चाहन्छ । एक्ला एक्लै चुनाव लड्दा एमाले र कांग्रेसबाहेक अरु दलको अवस्था अहिलेको हुन सक्छ । एमालेलाई पनि चुनावमा गठबन्धन तोड्न सके लाभ हुने अनुमान छ ।
करिब साढे चार वर्षअघि भएको सम्झौता नेपालका प्रधानमन्त्री र सत्ता गठबन्धनका नेता प्रचण्डले संयुक्त पत्राचारमा प्रतिबद्धता जनाएको समयभित्र पारित गर्नुपर्ने दबाब बढेको छ । त्यो नभए आफूहरूले थप पर्खन नसक्ने धारणा एमसीसीकी उपाध्यक्ष फतिमा एस सुमरले एउटा भर्चुअल अन्तर्क्रियामा राखेका विवरण आएका छन्।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार