26.1 C
Kathmandu

हिमालयन बैंकले ६ महिनामा कमायो ७४ करोड, नाफा १३.८० प्रतिशतले बढायो

काठमाडौं । हिमालयन बैंकले चालू आवको पहिलो ६ महिनामा ७४ करोड ३४ लाख कमाएको छ । बैंको यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा १३.८० प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा बैंकको नाफा ६५ करोड ३२ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा २४ करोड ५१ लाख ५२ हजार ३८० रुपैयाँ रहेको छ । चालु आवको ६ महिनाको अवधिमा बैंकको नाफा बढ्न खुद ब्याज आम्दानी र सञ्चाल मुनाफाले सहयोग गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब ९१ करोड ६५ लाख ४९ हजार ३५ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ अर्ब ७५ करोड ९७ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा ९८ करोड ६४ लाख ८४ हजार रुपैयाँबाट बढेर १ अर्ब ६ करोड २० लाख ८९ हजार रुपैयाँ रहेको छ । १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७ अर्ब १५ करोड १२ लाख ९७ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा भने २.१३ प्रतिशतबाट घटेर ०.७२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ०५ पैसा रहेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार