26.1 C
Kathmandu

नेपालमा दैनिक १९ हजार मोबाइल किनबेच, १४ करोडको कारोबार

काठमाडौं । नेपालमा दैनिक १९ हजारवटा मोबाइल किनेबेच हुने गरेको छ । यस्तो मोबाइल किनबेचबाट दैनिक १४ करोड रुपैयाँको कारोबार हुने गरेको एक तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनमा नेपालमा २५ अर्ब ६२ करोड ९२ लाख ५३ हजार रुपैयाँको मोबाइल भित्रिएको छ । यस्तो मोबाइल मासिक औसत ४ अर्ब २७ करोड रुपैयाँको आउने गरेको छ । तथ्यांक अनुसार नेपालमा साउदेखिको पुससम्ममा भित्रिएको मोबाइल गत वर्षको भन्दा १ लाख १९६ वटा कम छ

आयात मूल्यका आधारमा पछिल्लो ६ महिनामा भित्रिएको ति मोबाइल गत वर्षको भन्दा ४ अर्ब ९९ करोड ८९ लाख ३१ हजार रुपैयाँले बढी हो । यो वर्ष ३५ लाख सेट मोबाइल भित्रिएका छन् । गत वर्ष यस्तो मोबाइल आयातको संख्या ३६ लाख वटा रहेको पनि उल्लेख छ ।

नेपालमा आउने यस्तो मोबाइल गत वर्षको सोही अवधिमा २० अर्ब ६३ करोड ३ लाख रुपैयाँको थियो । गत वर्षको तुलनामा नेपालमा मोबाइल आयात २४.२३ प्रतिशतले बढेको पनि तथ्यांकले देखिएको छ । सस्ताको तुलानामा महंगा मोबाइलतर्फ ग्राहको रुची पनि देखिन्छ ।

किप्याडवाला बार फोन कम र स्मार्ट फोनको हिस्सा बढी भएको कारण पनि गत वर्षको भन्दा कम भित्रतासमेत तथ्यांकमा भने बढी पैसाको मोबाइल आइरहेको छ ।

मोबाइल आयात संघका अध्यक्ष दीपक मलहोत्राका अनुसार पछिल्लो समय नेपालमा तरलता अभाव हुँदा अझै जति आउनुपर्ने थियो त्यो आउन सकेन । मलहोत्रा भन्छन्, ‘मोबाइल फोन जति आयो सकिहाल्ने गर्छ भने मौज्दात नै रहदैन ।

पछिल्लो समय तरलता अभावका कारण मोबाइल आयात कम भएको र किन्नेको जमात पनि कम भएको हुँदा पछिल्लो दुई दिन महिनादेखि अझै आयात स्लोडाउन छ ।’ पछिल्ला दुईतीन महिनाअघिकै तुलनामा आयात बढेको थियो भने यो भन्दा अझै बढी मोबाइल बजारमा आइसकेको हुने पनि मलहोत्राको तर्क छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार