29.1 C
Kathmandu

क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड अवैध हुन, कारोबार गर्नेलाई कडा कारवाही हुने

काठमाडौं । नेपालमा क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड अवैध भएकोले यसको कारोबार गर्नेलाई कडा कारवाही हुने भएको छ । नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ अवैध भएकोले कारोबार नगर्न नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।

नेपालमा यसको अवैध कारोबार हुने गरेको र सर्वसाधारण ठगिने गुनासो आउन थालेपछि राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्र्दै यस्तो कारोबार नगर्न आग्रह गरेको छ । कसैले यस्तो सूचनाको बेवास्था गरी अवैध कारोबार गरेको पाइएमा कानून बमोजिम कारवाही हुने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभ देखाइ भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसहितको कारोबार हुने गरेकोले त्यसमा आवद्ध नहुन र कारोबार नगर्न राष्ट्र बैंकले आम सर्वसाधारणसमक्ष अनुरोध गरेको छ ।

भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फण्ड जस्ता कोषमा लगानी गर्न र जोसियल, क्राउड १, सोलेम्याक्स ग्लोबलजस्ता पिरामिड आधारमा नेटवर्किङमा आवद्ध नहुन तथा कारोबार नगर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

नेपालमा विदेशी विनियम वा मुद्राको रूपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएकोले त्यस अनुसारका गैरकानूनी वित्तीय औजारमा आवद्ध भइ कारोबार गर्न नहुने उल्लेख छ ।

यस्तो कारोबारबाट सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिने र स्वदेशी पुँजी पलाहुन हुने भएकाले नेपालमा यस्तो कारोबार अवैधानिक भएको राष्ट्र बैंकको भनाइ त ।

स्तो कारोबार वा व्यवसायमा नेपालबाट वा बाहिर बस्ने नेपाली कसैले पनि कारोबार गर्न नहुने र कारोबार गरेको पाइएमा कारावाही हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार