26.1 C
Kathmandu

संक्रमण बढेपछि बैंकहरू डिजिटलतर्फ, शाखा बन्द गरेर दिने अनलाइन सेवा कति प्रभावकारी ?

काठमाडौं । कोरोना संक्रमण बढेपछि बैंकहरू फेरि डिजिटल सेवातर्फ लागेको छ । बैंकहरुले शाखा बन्द गरेर सम्भव भएसम्मका सेवा घरबाटै अर्थात अनलाइन दिन थालेको छन् । अनलाइनबाट दिने सवा कति प्रभावकारी भन्ने प्रश्न पनि उब्जिएको छ ।

कोरोना महामारीको तेस्रो लहरका कारण देशभरको बैंकिङ तथा वित्तीय सेवा प्रभावित हुन थालेको छ । बैंकका कर्मचारीहरुमा संक्रमणदर बढ्दै मात्रै गएको छैन, सबैजसो कर्मचारी संक्रमित भएपछि बैंकहरुका थुप्रै शाखाले त सेवा नै बन्द गर्नु परेको छ ।

कोरोाना बढ्दै जादा बैंकहरुले कर्मचारीलाई घरबाट काम गर्न प्रोत्साहन पनि गर्न थालेका छन् । कोरोाना संक्रमण बढ्दै जाँदा हालसम्म यो बैंक तथा वित्तीय क्षेत्रका मात्रै ६ हजार कर्मचारी प्रभावित भएका छन् ।

कर्मचारीमा संक्रमण पुष्टि भएपनि सम्बन्धित बैंकले शाखा बन्द गरेको सूचना जारी गरिरहेका छन् । कर्मचारी संक्रमण भएकै कारण बैंक तथा वित्तीय संस्थाका करिब एक सयजति बन्द भएका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार