26.1 C
Kathmandu

टेलिकमको ल्यायो विन्टर अफर, भ्वाइसदेखि डाटासम्म अनलिमिटेडको सुविधा

काठमाडौं। नेपाल टेलिकमले माघ ३ देखि लागू हुने गरी विन्टर अफर सार्वजनिक गरेको छ। कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध ल्याएको जनाएको छ।

अफर अन्तर्गत कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा थप प्याकेज उपलब्ध गराउने भएको छ। पहिले २८ दिनका लागि ५९९ रुपैयाँमा लिन सकिन सजिलो अनलिमिटेड प्रिपेड ५९९ मात्र उपलब्ध भइरहेकोमा अब सजिलो अनलिमिटेड प्रिपेड ७९९, सजिलो अनलिमिटेड प्रिपेड ९९९ र सजिलो अनलिमिटेड प्रिपेड १४९९ प्याक समेत उपलब्ध हुने टेलिकमले जनाएको छ।

यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डेटा (प्रतिदिन क्रमशः एक जीबी, दुई जीबी र चार जीबी) लगायतका सेवाहरु उपलब्ध गराइने टेलिकमले जनाएको छ। डेटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता भएको कम्पनीको दाबी छ।

टेलिकमले सस्तो प्रिपेड कम्बो प्याकमा पनि थप सुविधा उपलब्ध गराउने भएको छ। यो प्याक अन्तर्गत २९९ रुपैयाँमा अब २८ दिनसम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र दुई जीबी डेटा चलाउन सकिने टेलिकमले जनाएको छ।

टेलिकमले भ्वाइस ओभर एलटीइ (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने जनाएको छ। पहिलोपटक यो सेवा एक्टिभ गर्ने ग्राहकहरुले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन्। साथै, फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने बेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार