26.1 C
Kathmandu

वाणिज्य बैंकहरूको खुद नाफा ११.७४ प्रतिशतले बढ्यो

काठमाडौँ / चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मुलुकका २१ वटा वाणिज्य बैंकहरूको खुद नाफा ११.७४ प्रतिशतले बढेको छ । बैंकहरूले बिहीबार प्रकाशन गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार यो अवधिमा वाणिज्य बैंकहरुले करिब साढे ४८ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको खुद नाफा करिब साढे ४३ अर्ब रुपैयाँ मात्रै थियो ।

चालु आवको चैतसम्म नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ११ करोड खुद नाफा आर्जन गरेको छ भने सबैभन्दा कम कृषि विकास बैंकले एक अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । ग्लोबल आईएमई दोस्रो धेरै नाफा कमाउने बैंक बनेको छ । यो बैंकले चार अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नबिल र ग्लोबल आईइमईको खुद नाफ बृद्धि हुनुमा मर्जर तथा एक्विजिसन मुख्य कारण रहेको बताइएको छ ।

प्रकाशित तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २१ वाणिज्य बैंकमध्ये ७ को नाफा घटेटको छ । जसमा सिटिजन्स, कृषि, प्राइम, सनराइज, माछापुच्छ्रे, सिद्धार्थ र नेपाल बैंक रहेका छन् । यी बैंकको खुद नाफा गर्त वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको छ । मर्जरमा नगए पबन एनआईसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ । एनआईसी एसियाले ४ अर्ब १ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

मर्जर तथा एक्विजिसन भएका बैंकको नाफा केही धेरैले बढेको देखिनुले पनि अपेक्षा र लगानीअनुसार नाफा बढ्न नसकेको बैंकहरूले बताएका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार