26.1 C
Kathmandu

उपत्यकामा जग्गाको कित्ताकाटमा कडाइ, अब ४ आना भन्दा सानो कित्ता बनाउन नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा जग्गाको कित्ताकाटमा कडाइ भएको छ । अब उपत्यकामा ४ आना अर्थात ५ सय वर्गफिट भन्दा कमका कित्ता नै बनाउन नपाइने गरी नयाँ नियम लागू हुने भएकोे छ ।

सरकारले राजपत्रमा भूउपयोग नियमावली जारी गर्दै कृषि क्षेत्रको रुपका तोकिएको काठमाडौं उपत्यकामा चार आनाभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको हो ।

तराई र भित्री मधेसमा भने ६ सय ७५ वर्गमिटर क्षेत्रफलभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाउने जनाएको छ । सरकारले क्षेत्र तोकेरै १ हजार वर्गमिटर क्षेत्रफलभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाउने व्यवस्था पनि राजपत्रमा जारी गरेको सूचनामार्फत गरेको छ ।

सरकारले ऐनको दफा (४) बमोजिम आवासीय क्षेत्रमा वर्गीकरण गरेको जग्गालाई न्यूनतम १०३ वर्ग मिटरभन्दा कम क्षेत्रफल र अनुपातमा फरक पर्ने गरी हुने गरी कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ ।

आवासीय क्षेत्रमा ५ सय वर्गमिटरभन्दा सानो कित्ताको हकमा चौडाईभन्दा लम्बाई ४ गुणाभन्दा बढी हुने गरी कित्ताकाट गर्न नपाइने मन्त्रालयको भनाइ छ ।प्रदेश सरकारले जग्गाको चक्लाबन्दी कार्यक्रमअन्तर्गत जग्गा एकीकरण, चक्लाबन्दी, बस्ती विकास, सामूहिक खेती तथा सहकारी खेती सम्बन्धी आधार, मापदण्ड र कार्यान्वय योजना तयारी गरी कार्यान्वयनमाल्याउन सक्नेछ ।

स्थानीय तहले कृषिको आधुनिकीकरण, यान्त्रीकरण, व्यवसायीकरण,सहकारी खेती, सामूहिक खेती तथा सार्वजनिक खेती गर्ने प्रयोजनको लागि सम्बन्धित जग्गाधनीको सहमतिमा साँध सीामाना जोडिएको कित्ता जग्गाको एकीकरण गरी चक्लाबन्दी कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार