23.1 C
Kathmandu

दैनिक २५ करोड घाटा हुँदासमेत इन्धनको मूल्य १० रुपैयाँले घट्यो, अझ लिटरमै ३१ रुपैयाँ घाटा

काठमाडौं । नेपाल आयल निगमलाई अहिले दैनिक औसतमा २५ करोड ९६ लाख रुपैयाँ घाटा हुँदासमेत इन्धनको मूल्य घटाएको छ । आयल निगमले १९ जेठको राती १२ बजेटबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १०÷१० रुपैयाँका दरले घटाएको छ ।

निगमले घटाएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोल १७०, डिजेल १५३ र मट्टितेल १५३ रुपैयाँमा पाइने भएको छ । खाना पकाउने ग्यासमा भने प्रति सिलिण्डर ७५१ रुपैयाँ १४ पैसा घाटा भइरहेको भएपनि भाउ घटाएको छैन् । ग्यासको मूल्य प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ ।

इन्धनको मूल्य घटाउँदा पनि निगमलाई पेट्रोलमा ३१.४१, डिजेलमा २८.३३ रुपैयाँ प्रतिलिटर घाटा छ । यस्तो घाटा हरेक १५ दिनमा ३ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ रहेको आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार यस्तो घाटा पेट्रोलमा ९१ करोड ७६ लाख, डिजेलमा १ अर्ब ८६ करोड ५८ लाख र ग्यासमा १ अर्ब ४३ करोड २४ लाख रुपैयाँ पाक्षिक रुपमै घाटा छ ।

निगमलाई मट्टितेलमा ५.४४, हवाई इन्धन आन्तरिकमा १६६ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियमा भने प्रतिलिटर १.५४ डलर फाइदा छ । निगमलाई लाभ भएको रकम भन्दा घाटाको रकम बढी छ ।

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार कर प्रति लिटर १० रुपैयाँ कम गरेका कारण निगमले पनि सो वापतको मूल्य उपभोक्तलाई छुट दिएको हो ।

रसिया युक्रेन युद्धका कारण पेट्रोलिय पदार्थको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको कारण नेपालमा पनि बढेर आएको छ । मूल्य बढेको भएपनि लागत अनुसार निगमले उपभोक्ताबाट अशुल नगरी सहुलियत दिएकै कारण निगम भने घाटा छ । निगमले हाल भारतीय आयल निगमलाई १६ अर्ब तिर्ने बाँकी छ । बैशाखसम्ममा निगमको घाटा ४७ अर्ब रुपैयाँ पुगिसकेको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार