26.1 C
Kathmandu

हवाई टिकटमा नगरपालिकाले पैसा ओइर्याउँदै, बलेवाको असफल प्रयास अब इलाममा !

काठमाडौं । तारा एअरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा शुरु गरी इलाम नगरपालिकासँग सम्झौता गरेको छ । सम्झौता अनुसार ८ फागुनदेखि प्रत्येक आइतबार काठमाडौंबाट सुकिलुम्बा विमानस्थलमा तारा एयरले उडान गर्ने छ ।

उडानको सुनिश्चितताका लागि नगरपालिकाले १२ वटा उडानसम्म १६ यात्रु यात्रुको ग्यारेन्टी गरेको छ । यसका हरेक उडानमा ११ जना यात्रुको पैसा नगरपालिको व्यवहोर्ने छ । जहाज एकतर्फी भाडा ८ हजार ७०० रुपैयाँ हुने छ ।

नगरपालिकाले एकतर्फी भाडा तिरे दुइतर्फकै उड्नका लागि सेवा वायुसेवा कम्पनीले दिने गरी यस्तो सम्झौता भएको छ ।
तारा एयर र नगरपालिकाबीच भएको यस्तो सम्झौताले यात्रुलाई सुविधा दिने भनेपनि वायुसेवाले नाफा देखेमात्रै नियमित उडान हुने छ ।

यसले यात्रुलाई दीर्घकालिन लाभ भने हुने होइन् । वायसेवालाई सञ्चालन खर्च धान्ने गरी नगरपालिकाले पैसा आइर्याउनुपर्ने तर त्यसवापतको लाभ भने यात्रुले नपाउने अवस्था आउँछ ।

यस अघि वलेवा विमानस्थल सञ्चालन गर्न नेपाल वायुसेवा निगमका लागि हरेक उडानमा १२ जानाको ग्यारेन्टी नगरपालिकाले गर्यो । १२ जाना यात्रु नपुगे जति पुग्दैन त्यसको पैसा हरेक उडानमा नगरपालिकाले व्यर्हार्नुपर्यो । जसका कारण कात्तिक २०७५ मा वाग्लुङ नगरपालिकाो २५ लाख रुपियाँ सक्कियो ।

यसबाट न त उडान नियमित भएर यात्रुाले लाभ पाए न त नगरपालिकाको दीर्घकालिन लाभका क्षेत्रमा लगानी गर्न पायो । अनावश्यक रुपमा नगरपालिको २५ लाख सकियो । यसबाट वायुसेवालाई मात्रै फाइदा भयो । यो वर्ष पनि फेरि इलाममा त्यही ती वर्ष अगाडि भएको असफल अभ्यासकै प्रयास गर्न लागिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार