29.1 C
Kathmandu

६ महिनामा २३ वाणिज्य बैंकले कमाए २९ अर्ब, ककसले कमाए अर्ब माथि नाफा ? (सूचीसहित)

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूको नाफा साढे २९ अर्ब नाघेको छ । यस्तो नाफा गत वर्षको तुलनामा ११.६५ प्रतिशतले बढेको छ ।

यी बैंकहरूले ६ महिनामा २९ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यी बैंकहरूको यस्तो नाफा गत वर्षको सोही अवधिमा २६ अर्ब ५० करोड रहेको पनि सम्बन्धित बैंकहरूले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

चालू आवको पहिलो अर्धबार्षिक प्रतिवेदन अनुसार सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई रहेको छ । यो बैंकले यस अवधिमा २ खर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ । बढी नाफा कमाउने दोस्रो बैंक एनआईसी एसिया रहेको छ । यसले यो अवधिमा २ अर्ब ४० करोड कमाएको छ ।

सबैभन्दा बढी नाफा कमाएर वर्षेनी पहिलो नम्बरमा आउने नबिल बैंक भने अहिलेसम्मको तथ्यांकमा तेस्रो नम्बरमा परेको छ । यो बैंकले गरेको यस अवधिमसम्मको नाफा २ अर्ब १८ करोड रहेको पनि तथ्यांकले देखाएको छ । ६ महिनामा ग्लोबल आइएमई र एनआईसी एसियाले १६ र १५ प्रतिशतले नाफा बढाउन सकेका छन भने नबिलको ९.७६ प्रतिशतले मात्रै बढेको छ ।

अर्ध वार्षिक प्रतिवेदन अनुसार एक अर्ब भन्दा बढी नाफा कमाउनेमा भने १४ वटा बैंक छन् । यी बैंकहरूमध्ये माछापुच्छ्रे बैंकको १ अर्ब १ करोड छ । सो भन्दा बढी साढे २ अर्ब कम नाफा कमाउनेमा सानिमा, स्याटाण्डर्ड चार्टर, सिटिजन, प्रभु, मेगा, कृषि विकास, सिद्धार्थ, प्राइम र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

१८ वटा बैंकले नाफा कमाइरहदा ५ वाणिज्य बैंकको नाफा भने घटेको छ । यो अवधिसम्ममा नाफा घटेको बैंकहरूमा कुमारीको सबैभन्दा बढी २१.७७ प्रतिशत छ । त्यसपछि प्रभुको १६.९० प्रतिशत, नेपाल बंगलादेशको १३.७८, एभरेष्टको १२.७९ र प्राइमको ७.४३ प्रतिशतले नाफा घटेको छ ।

नाफाको बृद्धिदर बढाउने एक नम्बरको सूचीमा सिभिल बैंक
सिभिल बैंकले नै उल्लेख्य नाफा आर्जन गरेको छ । शुक्रबारसम्म जारी २३ वाणिज्य बैंकहरूको वित्तीय विवरण अनुसार साउदेखि पुससम्मको तथ्यांक अनुसार सिभिल बैंकको नाफा अन्य अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी देखिएको छ ।

सिभिल बैंकले ६ महिनामा गरेको नाफा ५० करोड ४० लाख रुपैयाँ छ । यसको नाफा गत वर्षको सोही अवधिमा २० करोड २८ लाख रुपैयाँ मात्रै रहेको थियो । तथ्यांक अनुसार सिभिल बैंकले गरेको यस्तो नाफा चालू आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन अनुसार १४८.५२ प्रतिशतले बढेको देखिएको छ ।

सिभिल बैंकका अनुसार यस्तो नाफा बढ्नुको प्रमुख कारण बैंकको लगानी विस्तारसँगै बैंकको सफल रणनीति नै भएको उल्लेख छ । सिभिलका अनुसार पछिल्लो समय यसले लिएको लक्ष्य र उद्देश्य अनुसार प्रगति गरेकोले अपेच्छा अनुसार नै बैैंकले नाफा कमाएको उल्लेख छ ।

सबै वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको अर्थवार्षिक प्रतिवेदन १५ गतेभित्रै सार्वजनिक गर्नुपर्छ । सो अनुसार शुक्रबार नै २३ वाणिज्य बैंकको वित्तीय विववरण सार्वनिक भएको छ । वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेका हिमालयन, सनराइज, एनएमबी र नेपाल बैंक छन् ।

वित्तीय विवरण सार्वजिनक भएका बैंकहरूको तुलनामा सिभिल बैंकको नाफा अन्य सबैको भन्दा राम्रो बृद्धि देखिएको छ । बैंकहरूको अर्धवार्षिक वित्तीय विवरण अनुसार सिद्धार्थ बैंकको नाफा ७१.६८ प्रतिशतले बढेको छ भने नेपाल एसबीआई बैंकको ५२.०४ प्रतिशतले बढेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार