24.1 C
Kathmandu

हरेक ४ महिनामा सहकारीको ब्याजदर पुनरावलोकन गरिने

काठमाडौँ / सहकारी संघसंसस्थाले हरेक चार महिनामा सन्दर्भ ब्याजदर परिमार्जन गर्न पाउने भएका छन् । बुधबार काठमाडौंमा भएको ‘एकीकृत निर्देशन विषयक’ अन्तर्क्रियामा उक्त कुराको जानकारी दिइएको हो ।
सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी संघरसंस्थाहरुमा सन्दर्भ ब्याजदरलाई छिटो–छिटो हेर्नु पर्ने देखिएकाले विभागले यस्तो व्यवस्था गर्न लागेको बताए ।

‘दुई/तीन वर्षदेखि सहकारीको ब्याजदर पुनरावलोकन भएको रहेनछ, अब ४/४ महिनामा पुनरावलोकन गर्ने किसिमले तयारी भइरहेको छ’, रजिष्ट्रार पण्डितले भने, ‘गत साता मात्रै कायम भएको १६ प्रतिशत ब्याजदर तत्कालका लागि हो, नेपाल राष्ट्र बैंकले तथ्यांक सार्वजनिक गरेपछि सो अनुसार हामीले पनि ब्याजदर पुनरावलोकन गर्नुपर्ने हुन्छ, बजारको स्थिति अध्ययन गरेर नै हामीले सन्दर्भ ब्याजदर निर्धारण गर्ने हो ।’

 

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार