23.1 C
Kathmandu

पेटीएम, गुगल पे र फोनपे नेपालमा समेत चल्ने

यो सेवा सञ्चालनमा आएपछि भारतबाट पेटीएम, गुगल पे, फोनपे मार्फत नेपालका कुनै पनि बैंक खाता वा वालेटमा रकमान्तर गर्न सकिने सुविधा उपलब्ध हुनेछ।

काठमाडौँ /बहुराष्ट्रिय डिजिटल पेमेन्ट गेटवेका रुपमा चर्चित पेटीएम र गुगल पे र फोनपे अब नेपालमा पनि चल्ने भएका छन् । यीमार्फत् नेपालका कुनै पनि बैंक खाता वा वालेट खातामा रकमान्तर गर्न सकिने व्यवस्था सुरु हुन लागेको छ । अबको तीन महिनाभित्र सेवाहरू सुचारु हुने बताइएको छ ।
गेटवे पेमेन्ट सर्भिस प्रालिले भारतस्थित एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपाल ९युपीआई नेपाल० सञ्चालनको लागि सम्झौता गरेको गेटवे पेमेन्ट सर्भिसको विज्ञप्तीमा उल्लेख छ । यो सेवा सञ्चालनमा आएपछि भारतबाट पेटीएम, गुगल पे, फोनपे मार्फत नेपालका कुनै पनि बैंक खाता वा वालेटमा रकमान्तर गर्न सकिने सुविधा उपलब्ध हुनेछ।

यो सेवाको सुरुवातसँगै भारतीयहरू नेपाल आउँदा क्युआरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने छन् भने नेपालीहरूले पनि भारत जाँदा क्युआरकोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार