26.1 C
Kathmandu

ब्याजदर पुनरावलोकन गर्न माग

रुपन्देही / बुटवल, रुपन्देहीका उद्योगहरूले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर पुनरावलोकन गर्न माग गरेका छन् । रुपन्देही उद्योग संघले शुक्रबार नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखामार्फत गभर्नरलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।कोरोनाले थलिएको औद्योगिक क्षेत्र भर्खरै बामे सर्न लागेको बेला बैंकको ब्याजदर बढाउँदा व्यवसायीहरु थप मारमा पर्ने अवस्था आएको बताउँदै ब्याजदर नबढाउन ब्यवसायीहरूले आग्रह गरेका हुन् । ज्ञापनपत्रमा बैंकहरूको ब्याजदर वृद्धिले आतंक सिर्जना गरेको भन्दै स्वदेशी उद्योग तहसनहस हुन नदिन ब्याजदर पुनरावलोकन गर्न आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष माधवप्रसाद पौडेलले लामो समयको महामारीबाट प्रताडित उद्योग–व्यवसायहरू बिस्तारै तङ्ग्रिँदै गरेको अवस्थामा उत्पादन लागतमा प्रत्यक्ष दबाब बढ्ने गरी वृद्धि गरेको ब्याजदरप्रति संघको गम्भिर आपत्ति रहेको बताए ।

ज्ञापनपत्र बुझ्दै राष्ट्र बैंक, सिद्धार्थनगरकी मुख्य व्यवस्थापक रञ्जना पौडेलले निक्षेप तानातानको अवस्थामा बैंकबाट ब्याजदरमा भएको वृद्धिले उत्पादन क्षेत्रका उद्योगहरूलाई समस्या परेकोप्रति आफू गम्भिर बनेको बताउँदै त्यसका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार