26.1 C
Kathmandu

कारबाहीका डरले क्यासिनोले बुझाए ७५ करोड बक्यौता

काठमाडौं/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालू आर्थिक वर्षको हालसम्म क्यासिनो रोयल्टी शीर्षकमा ७५ करोड ४५ लाख रुपैयाँ दाखिला भएको जनाएको छ । चालू आर्थिक वर्षमा हालसम्म १४ करोड २० लाख रुपैयाँ बैंक जमानत पनि प्राप्त भएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
केही क्यासिनो सञ्चालक कम्पनीहरुलाई नेपाल सरकार मन्त्रीस्तरीय निर्णयअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाएपछि त्यस्ता कम्पनीका सञ्चालकहरु बाँकी वक्यौताका सम्बन्धमा पर्यटन मन्त्रालय र पर्यटन विभागमा सम्पर्क गर्ने क्रम बढेको मन्त्रालयको भनाइ छ।मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६ /०७७ सम्म विभिन्न क्यासिनो सञ्चालक कम्पनीहरुले ८४ करोड ८४ लाख रुपैयाँ रोयल्टी शीर्षकमा राजस्व बुझाउन बाँकी रहेको छ ।

गत सोमबारमात्र सेन्ट्रल मिडिया प्रालिले ४ करोड रुपैयाँ जम्मा गरेको बैंक भौचर प्राप्त भएको मन्त्रालयले जनाएको छ । कानुनअनुसार तिर्नुपर्ने रोयल्टी नबुझाउने क्यासिनो सञ्चालक कम्पनीहरुलाई बाँकी वक्यौता तिर्न ताकेता गर्ने र आवश्यकताअनुसार कारवाही गर्ने क्रम जारी रहेको मन्त्रालयले बताएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार