26.1 C
Kathmandu

पोखराबाट दिल्ली उडान गर्ने बुद्ध एयरको घोषणा, उडान अनुकुल हुने गरी धानवमार्ग बनाउन आग्रह

काठमाडौं । बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । यो वायुसेवाले पोखरा विमानस्थल सञ्चालनमा आएपछि पोखराबाट भारतको दिल्ली र देहरादुन उडान गर्ने घोषणा गरेको हो । यो वायुसेवाले पोखरामा ५ वटा जहाज राखेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने सार्वजनिक वक्तव्य दिएको छ । अहिले काठमाडौंबाट सबै सहरी विमानस्थलमा र भैरहवार पोखराबाट केही प्रदेशिक उडान गरेको यो वायुसेवाले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएपछि भने त्यहीँलाई आधार विमानस्थल बनाएर उडान गर्ने बताएको छ । हाल यसले आन्तरिक उडान गरिरहेको छ । यसको भारतको बनारसमा उडान भइरहेको भएपनि कोभिडपछि उक्त गन्तव्यको उडान बन्द छ ।

राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निमार्ण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम धमाधम भइरहेको छ । उक्त विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले पोखरामा ५ वटा जहाज राखी राष्ट्रियरअन्तर्राष्ट्रिय उडान गर्ने योजना रहेको कम्पनीले जनाएको छ

 

योजना अनुसार पोखराबाट कम्पनीले भारतको विभिन्न गन्तव्यहरुमध्ये सुरुवातमा नयाँदिल्ली, देहरादुनमा सिधा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।

पोखराबाट धौलागिरिदेखि सगरमाथासम्म हिमश्रृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य सहरहरुसँग आवश्यकता अनुसार दैनिक सिधा उडान गर्ने समेत घोषणा कम्पनीले गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने भन्दै यसलाई सच्याउन समेत कम्पनीले माग गरेको छ ।

हाल निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वरपश्चिम ‘रन–वे’को पश्चिम ‘रन–वे’ लाई मात्र अन्त्यसम्म ‘टयाक्सी–वे’ ले जोडिएको छ । पश्चिममा ठूलो डाँडाका कारण विमान अवतरण पूर्वबाट मात्र सम्भव छ । तर पूर्वको रनवेलाई ‘टयाक्सी–वे’ले जोडिएको छैन । यसैकारण विमानहरु उडान भर्नुपर्दा पश्चिमबाट मात्र सम्भव छ । यसले गर्दा ‘हवाई ट्राफिक’ बढ्न गई स्वतः कम उडान हुने भन्दै सच्याउन समेत माग गरेको छ ।

बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत आधा रनवेसम्म मात्र भएको ‘टयाक्सी–वे’लाई पूर्वको ‘रनवे’को अन्त्यसम्म तुरुन्तै जोड्न आग्रह गरेको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार