26.1 C
Kathmandu

पेट्रोलियम पदार्थमा निरन्तर भइरहेको मूल्यवृद्धिबारे छानबिन हुने, तीन सदस्यीय संसदीय उपसमिति बन्यो

काठमाडौं । निरन्तर बढीरहेको पेट्रोलियम पदार्थको मूल्यबृद्धिबारे छानविन हुने भएको छ । सरकारले पछिल्लो समय निरन्तर बढाइरहेको पेट्रोलियम पदार्थको मूल्यबारे संसदीय समितिले छानविन गर्ने भएको छ ।

संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न सांसद दुर्गा पौडेल संयोजकत्वको एक उपसमिति गठन गरेको छ। उपसमिति सांसदहरु खेम लोहनी र लक्ष्मी परियार छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र त्यसको वैकल्पिक व्यवस्था विषयमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सरकारलाई आवश्यक सुझाव दिन यस्तो उपसमिति गठन भएको समिति सभापति निरादेवी जैरुले बताइन् ।

समितिको मंगलबार बसेको बैठकमा सांसदहरुले आयातित पेट्रोलियम पदार्थका कारण जनता मारमा परेको उल्लेख गर्दै त्यसबाट निकास दिन नेपालभित्र पेट्रोलियम पदार्थको अन्वेषणलाई तीब्रता दिनुपर्ने बताएका थिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार