23.1 C
Kathmandu

भुक्तानीमा नगदरहितको बानी पारेको इसेवाले नै हो-सीईओ सापकोटा

ग्राहकले इसेवाबाट डिजिटल कारोबार त भयो अब योभन्दा बाहेक आर्थिक कारोबारको डिजिटल लाइसेनको प्रक्रिया के हो भन्ने ग्राहकको चाहना रहेको छ । पछिल्लो समय ईसेवाले यस्ता खालका चुनौतीहरु सामना गरिरहेको छ । यसरी हेर्दा १३ वर्षको दौडानमा ईसेवा दुई चार लाख लगानी गरेर स्थापना गरिएको कम्पनी हो । आजको दिनसम्म आइपुग्दा यस्ता चुनौतीहरुलाई साथै लिएर आउँदा स्टार्टस कम्पनी एउटा उद्योगको रुपमा परिणत भएको छ । यो उद्योग नेपालमा आफैँमा युनिक छ ।

ईसेवाले नेपालको आर्थिक विकासलाई सहयोग गरौँ भने जुनसुकै उद्योगमा राज्यले लगानी गर्दछ । राज्यले नै शुरुवात गर्दछ । नेपालमा बैंकिङ क्षेत्रलाई हेरौं बैंकलाई राज्यले स्थापना ग¥यो । बैंकले यस्तो वस्तु व्यापार गर्न मिल्छ भनेर कानून निर्माण गर्यो र जनतालाई जनचेतना जगायो ।
त्यसपछि निजी क्षेत्रले बैंक खोल्न शुरुवात गरे । इन्स्योरेन्समा पनि बैंक जस्तै प्रक्रियाले यहाँ आएको छ । अन्य विकास

डिजिटलरुपमा भुक्तानी सेवा दिँदै आएको निजी कम्पनी ‘ईसेवा’ १४औं वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ । यो १३ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ६० लाख पुगेको छ । बिजुलीको महशुल भुक्तानी इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न इसेवाले सजिलो बनाएको छ । यसै सन्दर्भमा ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटासँग न्युज एजेन्सी नेपालले गरिएको कुराकानीः

ईसेवाको अहिलेसम्मको यात्रा र के-के उपलब्धीहरु के के हुन् ?

ई–सेवा स्थापना भएको १३ वर्ष पूरा भएको छ । १३ वर्षको अन्तरालमा धेरै अवसर चूनौती सामान गर्नुपरेको छ । स्थापित हुनका लागि धेरै संघर्ष गर्नुपरेको थियो । स्थापना भएपछि सबैभन्दा पहिले हामीसँग डिजिटल कारोबारका लागि चाहिने पूर्वाधारहरु थिएनन् । मोबाइल पेमेन्ट भनि रहेका थियौं । त्यतिबेला मोबाइल समेत थिएन । इन्टरनेट सेवा प्राप्त मात्रैमा सबै स्थानमा थिएन । बैंकिङ सेवाको हिसावले अहिलेको डिजिटल कारोबारका लागि सहज रुपमा भौतिक पूर्वाधारहरु थिएन । हामीले ईसेवा शुरुवात गर्दा यस्ता संरचनाहरुको अभाव झेल्नु परेको थियो । ईसेवा स्थापना भएको चार÷पाँच वर्षको दौडानमा मोबाइल फोनको सबैको हातमा पुग्न थाल्यो । २०६२÷६३ सालको जनआन्दोलन पश्चात मोबाइल फोन सहजरुपमा सबैको हातमा पुग्न थाल्यो । त्यस्तै , इन्टरनेट सर्भिस कम्पनीहरुको विकास पनि तीव्र गति बढ्दै गयो । त्यसपछि डिजिटल कारोबारका लागि बिस्तारै संरचनाहरुको विकास भयो ।

डिजिटल कारोबार गर्नको लागि मोबाइल, इन्टरनेट सेवा चुनौती पार लगायौं । तर, कारोबार गर्नका लागि सरकारसँग डिजिटल कारोबार सम्बन्धि कानून नै थिएन । तर, इसेवा कम्पनी रजिस्टारमा दर्ता भएर अन्तर्राष्ट्रिय प्रयोगका आधारमा चलिरहेको थियो । तर नेपालमा कानून बनेको थिएन । त्यतिबेला इसेवा जस्तो संस्थालाई कसले नियमन गर्ने कसले लाइसेन्स दिने, जनताले कसरी विस्वास गर्ने, ईसेवामा राखेको पैसाको सुरक्षा कसरी हुन्छ, त्यहाँ भएको पैसा ईसेवाले राख्न पाउने हो की नपाउने हो भन्ने धेरै चुनौतीहरु थिए ।

यस्ता चनौतिहरु स्थापनाको दोस्रो फेजमा आए पछिका थिए । अहिले यस्ता खालका चुनौतीहरु समाधान भइसकेका छन् । अहिले राज्यले डिजिटल कारोबारको लागि कानून बनाएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार गर्न लाइसेन्स दिने, त्यस्ता संस्थालाई नियमन गर्ने गरी छुट्टै विभाग स्थापना गरेको छ ।

यसरी कुनै पनि संरचना र कानून बिना स्थापना भएको इसेवा अहिले संरचना र कानून बनेर सहज रुपमा आइपुगेका छौं । अब हाम्रो लागि नयाँ चुनौतीहरु थपिएको छन् । जसमा सुरक्षाको चुनौती रहेको छ । डिजिटल पेमेन्टबाट मात्रै अब यो ईसेवा चल्छ कि चल्दैन भन्ने चुनौती आएका छन् ।

निर्माणका कम्पनी पनि राज्यले नै शुरुवात गरेको थियो । पछि निजी क्षेत्रलाई लाइसेन्स दिएको हो । तर, पेमेन्ट कारोबार गर्ने व्यापार राज्यले लगानी गरेर नेपालमा अगाडि सारेको होइन ईसेवाले लगानी गरेर शुरुवात गरेको हो ।

ईसेवा जस्तो सानो स्टार्टस कम्पनीले यो व्यापारको मोडल हुन्छ भनेर देखाउन सक्यो । मार्केटलाई बुझाउन, नियमन निकाय, राज्यलाई बुझाउन सक्यो । त्यसैले राज्यले हाम्रो व्यापारको मोडललाई स्वीकार गरेर अहिले कानून बनाएर पेमेन्ट भन्ने पनि नयाँ उद्योग हो भन्ने बनाउनलाई इसेवाले नेतृत्व तहमा बसेर बाटो देखाउने काम गरौं । शुरुवातमा पाँच लाखको लगानीबाट आज आएर सबै सहभागितालाई हेर्दा २७ वटा पीएसपी कम्पनीहरु छन् । १० वटा पीएसो कम्पनीहरु छन् । यसरी सबै लगानीलाई जम्मा गर्दा खर्बाैंमा पुगिसक्यौँ । यो इसेवालाई सही बाटोमा बजारलाई लान सकियो । यो नै ईसेवाको उपलब्धीको रुपमा लिन सक्छौँ ।

नेपालमा डिजिटल कारोबारको लागि पूर्वाधार र नीतिगत ब्यबस्था कस्तो छ ?

डिजिटल कारोबारमा पूर्वाधार विकासको हिसावले हेर्दा सहज अवस्थामा छौं । मोबाइल, इन्टरनेट, डिजिटल कारोबार गर्न आवश्यक मोबाइल डिभाइस उपलब्धता छ । यता ग्राहकमा डिजिटल कारोबार सम्बन्धी ज्ञान पछिल्लो समय सामाजिक सञ्जालहरुले पनि डिजिटल च्यानलमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै मानिसहरुलाई अभ्यस्त बनाएको छ ।

डिजिटल कारोबार गर्नको लागि पूर्वाधार विकास र मानिसहरुमा डिजिटल कारोबार बारेको जानकारीको आधारमा सहज भएको छ । कोरोना महामारीको पछिल्लो दुई वर्षमा सर्भिस प्रोभाइडरहरुले पनि डिजिटल पेमेन्ट स्वीकार गर्नुभएको छ ।

डिजिटल पेमेन्टको लागि सरकार समेत राजश्व संकलन शतप्रतिशत गर्ने विषयमा डिजिटल पेमेन्ट स्वीकार गर्ने पक्षमा छ । यसरी पूर्वाधारको विकासको हिसावले हेर्दा पूरा भएको छ । कानूनी हिसाबमा हेर्दा राष्ट्र बैंकले छुुटै विभाग खडा गरेर भुक्तानी ऐन नै ल्याएको छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैँ क्यूआर कोर्ड लागू गर्न अभियान नै चलाउनु भएको थियो । यसरी हेर्दा अबको यात्रा डिजिटल पेमेन्ट नै हो भन्ने नियमन निकाय र सरकारले स्वीकार गरेको छ । अहिले बनेको डिजिटल ऐन छ त्यो डिजिटल कारोबारको लागि राम्रो रहेको छ । अहिलेको अवस्थामा नेपालमा डिजिटल पेमेन्टको लागि पूर्वाधार र डिजिटल ऐन कानूनका हिसावले सहज नै रहेको छ ।

हामीले दिएको सेवा र विश्वमा चलिरहेको सेवामा के फरक छ ?

अन्तर्राष्ट्रिय बजारमा रहेका डिजिटल पेमेन्ट कम्पनी नेपालको इसेवामा फन्डामेन्टिली रुपमा फरक छैन । जसमा ईसेवा सरकारको लगानीमा स्थापना भएको हो कि, निजी क्षेत्रको नेतृत्वमा लगानीमा भन्ने विषयमा मानिसहरुमा ग्याप रहेको छ । यो बाहिरको मोडल र नेपालको मोडलमा फरक हो । यसमा इसेवा जसरी स्थापना भयो यसैमा यो व्यापार आफैमा युनिक छ । ईसेवा जस्तो कम्पनी विश्वका विकसित तथा विकासोन्मुख देशहरुमा भेटिँदैन । ईसेवालाई हामीले नेपालको माटो सुहाउँदो रुपमा विकास गरेको भन्न सक्ने अवस्थामा छौँ । जसरी जनतालाई इसेवासहित डिजिटल पेमेन्टलाई जनचेतना जगाउन सक्यौँ । त्यसैले डिजिटल पेमेन्ट कम्पनीको नेतृत्व तहमा छौँ ।

इसेवाले नेपालको बजारमा भुक्तानी र विनिमयमा गरेको परिवर्तनलाई कसरी विवेचना गर्नुहुन्छ ?

इसेवाले १३ वर्ष काम गर्दा दुई वटा विषयमा बजारमा स्थापित गर्यो । जसमा खुद्रा पैसा भुक्तानीमा प्राइमरी च्यानल अफ पेमेन्ट अनलाइन हो भन्ने कुरा बजारमा शुरुवात गर्न सक्यौं । अहिले बिजुली , टेलिफोनको बिल तिर्न लाइन बस्नुपर्छ भन्दा कसैले विश्वास गदैनन् । त्यो कुराको थालनी पनि ईसेवाले नै बनाएको हो । अर्को पेमेन्ट मात्रै होइन, सर्भिस डेलिभरी पनि अनलाइन हुनुपर्छ भन्ने कुरा पनि ईसेवाले कामय गरायो । अहिले कुनै एउटा संस्थामा लाइन बस्नु पर्दा कस्तो संस्था हो अनलाइन गर्न नसक्ने भन्ने अवस्थामा पुगिएको छ । अहिलेको सर्भिस डेलिभरी र अहिलेको सर्भिस डेलिभरीमा धेरै परिर्वतन आएको छ ।

खुद्रा पेमेन्ट अनलाइन हुनुपर्छ भन्ने कुरा विश्वमा स्थापित भएको छ । त्यो सँगै इसेवाले सर्भिस डेलिभरी अनलाइन हुनुपर्छ भन्ने कुरा ईसेवाले सबैलाई सिकाएको छ । जुन चिज ईसेवा शुरु भएको थियो त्यो बेला मानिसहरु लाइन बस्न अभ्यस्त थिए । मानिसहरु सहज रुपमा हरेक कामका लागि लाइन बस्न तयार थिए । यसरी लाइन बस्नु सहज रुपमा तयार रहेको समाजलाई लाइन बस्नु हुन्न भन्ने बनाउन इसेवाले नेतृत्व गर्ने काम गरेको छ ।

अहिले पनि हामीले गर्ने खर्चको ९० प्रतिशतमा आजको दिनमा प्रिफियन्स च्यानल अनलाइन होइन यो अल्टरनेटिभ च्यानल अनलाइन हो । अहिले किराना पसलमा गएर सामान किनेभने इसेवा गरिदिनु भन्ने तरिकाले किराना पसलले भन्न सक्ने अवस्था भयो । तर, पेमेन्ट गर्ने बेलामा कोभिडको समय छ पैसा नदिनुस् ईसेवा गरिदिनुस अझै भन्न सकिएको छैन ।

खुद्रा बिल पेमेन्टभन्दा बाँकी रहेको पेमेन्ट अल्टरनेटिभ च्यानलमा इसेवालाई स्थापित गराउन सकेछौँ । तर, प्राइमरी च्यानलको रुपमा स्थापित गर्नुपर्ने चुनौती रहेको छ । अझै कतिपय सरकारका अन्य सर्भिसहरु अनलाइनका रुपमा सहज भएको छैन । सरकारले पासपोर्ट, यातायात लगायतका ठाँउमा सरकारले राजश्व संकलन गरिरहको छ ।

त्यहाँ डिजिटल पेमेन्ट सहज भएको अवस्था छैन । अनलाइन पेमेन्टले फाइदा के गर्यो अहिले भइरहेको फाइदामा चित्त बुझाएर बस्ने ठाँउ छ की छैन । अब इसेवाले हरेक व्यवसायमा अनलाइन कारोबारलाई प्रोत्साहन गर्ने प्रयास गरिरहेको छ । यसरी एउटा किराना पसलले राज्यले दिएको प्यान नम्बरको मान्यतासँगै आर्थिक अनलाइन मान्यता बनाउनको लागि काम गर्नुछ ।

डिजिटल कारोबारमा जहिले पनि सूचना सुरक्षाको सवाल रहन्छ, हाम्रो सूचना सुरक्षा ब्यबस्था कस्तो छ ?

यसमा ईसेवा आफैंमा टेक्नोलोजी कम्पनी भएको कारणले अन्तर्राष्ट्रिय अभ्यासमा सबैभन्दा राम्रो प्रयोग नेपालमा भइरहेको छ । डाटा प्रोसेसिङ, डाटा वयर हाउजिङ, डाटा युजर, डाटाको स्टोरेजमा स्थापनाको पहिलो दिनदेखि अन्तर्राष्ट्रिय अभ्यासलाई निरन्तरता दिएका छौं ।

हामीसँग भएका सूचनालाई मात्रै डाटावेसमा नराखेर व्यापारको मोडल फाइनल गर्ने प्रक्रियामा पनि विश्वका पेमेन्ट उद्योगमा भएको राम्रो प्रयोग के हो भनेर काम गदै आएका छौँ । काम नगरी डिजाइन गर्दा नै ईसेवालाई विश्व बजारले नै माग गदै आएको थियो । त्यो बेला बजारमा माग मात्रै नभएर ईसेवाले थलनी गरेको नयाँ टेक्नोलोजीको प्रयोग रहेको थियो ।

योभन्दा बाहेक इसेवा अपग्रेड भइरहेको छ । राज्यले कानून बनाएको छ । राज्यका नियमनकारी निकायले नियमन गरिरहेको छ । इसेवाले गर्ने कारोबारमा पारदर्शिता छ । राष्ट्र बैंकले ईसेवाबाट यति कारोबार भएको छ भनेर डाटाहरु प्रकाशित गर्दै आएको छ । इसेवा आजको दिनमा निजी कम्पनी सीमित व्यक्तिको नियन्त्रण भएको कम्पनी मात्रै होइन ।

ईसेवा आम जनसरोकारको विषय भएको छ । सरकारले कानूनको दायराभित्र राखिसक्यो । ईसेवाले गरेको डिजिटल कारोबार सबै कमर्सियल बैंकमा हुनपर्छ भनिएको छ । पछिल्लो समय इसेवाको जसरी विकास भइरहेको छ त्यो सरकारको नियमनकारी निकायले बनाएको कानूनभित्र रहेर काम गरिहेकाले सबैले निर्धक्करुपमा इसेवाबाट कारोबार गर्न सक्नुहुन्छ ।

अहिले तपाईंहरु जस्ता संस्थाले भोगेको चुनौती के हो ? कानूनी र नीतिगत पूर्वाधार कस्ता छन् ?

एउटा निजी कम्पनीले भन्दा पनि सरकारले बनाएको कानूनभित्र बसेर काम गर्दा यस्ता खालका चुनौतीहरुलाई सरकारले हेर्छ । पछिल्लो समय राष्ट्र बैंकले निर्देशन पनि दिँदै आएको छ । जसमा कम्पनीको व्यवस्थापन सुरक्षित हुनुपर्छ, बोर्ड सुरक्षित हुनुपर्छ । व्यवस्थापन र बोर्डले के काम गर्नुपर्छ भन्ने कुरा भन्ने कुराको एउटा नियम बनेको अवस्थामा पुगेका छौं ।

जसरी सम्पत्ति बढ्दै गएको छ, जुन सूचनाहरु संकलन भएको छ, जुन रुपमा सर्भिस बढ्दै गएको छ त्यसलाई कसरी प्रयोग पर्छ, कसरी प्रयोग गर्नु हुँदैन भन्ने कानून बनेको छ । अर्कोतर्फ यस्तो खालको युनिक डिजिटल पेमेन्टको व्यापार ईसेवाले मात्रै गर्न पाउनुपर्छ भन्ने कुरा कानूनमा छैन । यो सबै कारणले गर्दा यसमा हामीले चाहेर मात्रै पनि त्यसलाई प्रयोग गर्न सक्ने अवस्था हुँदैन । जसरी कानूनभित्र समेटिएपछि नेपालको बैंकिङ उद्योगमा सबै ग्राहकले ढुक्कसँग कारोबारको काम गर्न सकिरहेका छन् ।

बैंकमा राखेको पैसा सुरक्षित होला कि नहोला भन्ने तरिकाले बैंक तथा वित्तीय संस्थालाई प्रश्न गर्ने ठाँउ छैन । अहिले बैंकिङ उद्योग परिक्क भयो । अहिले बैंकिङ उद्योग जस्तै अवस्थामा छ । जुन बेला इसेवा स्थापना हुँदा ईसेवा एक्लो थियो । तर अहिले यो बजारमा ३७ कम्पनी छन् । राज्यले सिमा तोकिदिएको छ । जुन डिजिटल पेमेन्ट सम्बन्धी कानून बनेको छ त्यसले नै तपाईंको प्रश्नको जवाफ दिन्छ ।

अहिले ईसेवाले के नयाँ सेवा शुरु गर्दैछ ?

हामीले यो वर्ष धेरै काम गरिहेका छौं । धेरै काम मध्येको एकदमै महत्वपूर्ण सर्भिस भनेको सेक्युरेट फन्ड ट्रान्सफर भर्खरै शुरुवात गरेका छौं । यो पैसा लेनदेन गर्ने क्रममा पैसा लेनदेन गर्नुको उद्देश्य हुन्छ । जसमा आर्थिक कारोबार, विभिन्न सामाजिक सञ्जाल प्रयोग गरेर बेचिरहेको छ । यस्तो अवस्थामा गलत मनसाय भएका मानिसहरुले पैसा लिने तर आफूले गर्नुपर्ने सामानको डेलिभरी नगर्ने कामहरु भइरहेको छ । त्यसलाई व्यवस्थापन गर्नका लागि यो सर्भिसको शुरुवात गरेका छौं । यसले कुनै पनि भुक्तानी दिन मान्छेले आफूले सर्भिस नलिँदासम्म त्यो फन्ट ट्रान्सफर हुन्छ । तर, पैसा गएको हुँदैन ।

सामान लिएपछि मात्रै पैसा दिने गरी ट्रान्सफर फन्ड शुरुवात गरेका छौं । यसले बजारबाट राम्रो प्रतिक्रियाहरु आएको छ । गलत मनसाय भएर कारोबार गर्न खोज्ने मान्छेहरुलाई निरुत्साहित गर्ने सहयोग गरिहेको छ । अर्को अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने गरी ईसेवाले काम गरिहेको छ । जुनसुकै देशमा जानका लागि ईसेवाबाट अनलाइन हवाई टिकट लिन सकिन्छ । यसरी विभिन्न फरक–फरक सेवाहरु इसेवामा ल्याएर सेवाहरु दिइरहेका छौं भने बजारको मागलाई ईसेवामा आबद्ध गराउने काम पनि गरिहेका छौं । त्यस्तै सरकारले गर्ने विभिन्न काममा पनि ईसेवा जोडिँदै गएको छ । जस्तो ट्राफिक जरिवाना इसेवामा ल्याएका छौं । अर्को वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृतिको लागि बुझाउनुपर्ने पैसा र इन्स्योरेन्सको प्रिमियम पनि इसेवाबाट पेमेन्ट गर्न सकिने बनाएका छौं ।

डिजिटल नेपालको अभियानमा हामी कसरी सहभागी हुन्छौं ? को अगाडि आउनुपर्छ ?

अहिले जति पनि डेलिभरी सर्भिसका डिजाइनहरु गरीरहेका छौँ यो डिजिटलाइज छैन । यो कम्प्युटराइज्ड छ । हामीले जुन फर्म कागजमा भर्ने गरेका थियौ । त्यसैलाई कम्प्युटरमा राखेर यो कुरा भरेर हस्ताक्षर गर्न कार्यालयमा आउ भन्ने खालको सर्भिस डेलिभरी हो । यसले डिजिटल नेपालको कानून बनेको छ । यसको कार्यान्वयन हुँदा कम्प्युटराइज होइन डिजिटलाइट हुन्छ भन्ने अपेक्षा हो । पासपोर्टका लागि अनलाइन फर्म भरे तर त्यसलाई प्रिन्ट गरेर हस्ताक्षरका लागि राहदानी विभागमा जानुपर्यो भने त्यो अनलाइन होइन । यसरी डिजिटल नेपालको अभियान कार्यान्वयनमा आउँदा सरकारले छनोट गरेर यो–यो क्षेत्र निर्धारण गर्ने प्रक्रिया छ ।

त्यसले समग्र सर्भिस डेलिभरीलाई कम्प्युटराइजबाट डिजिटलाइज हुन्छ । यसरी डिजिटल नेपाल हुनु सँगसँगै आउँछ । ईसेवाले अन्तर्राष्ट्रियरुपमा जसरी डिजिटल पेमेन्ट सर्भिसले बजार पाएको छ । नेपालको बजारले पनि त्यो चिज माग गरेको छ । ईसेवाले भविष्यमा आर्थिक सर्भिसलाई ईसेवामार्फत् कारोबार गराउनु पर्ने आवश्यकता छ । त्यही काम गर्नलाई तयार बनाउँदै छौँ । नेपालमा राम्रो काम ग¥यो भने विदेश जानै पर्दैन भन्ने पनि ईसेवाले एउटा राम्रो बाटो देखाएको छ । यो बाटोमा अहिलेका युवा पुस्ताले हिँड्नु पर्ने देखिन्छ । (क्लिकमाण्डुबाट साभार)

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार