29.1 C
Kathmandu

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सह कोषाध्यक्षका लागि पौडेलले गरे उम्मेदवारीको घोषणा

काठमाडौं । सन २०२३ अक्टोबर १७ देखि १९ सम्म काठमाडौंमा हुने गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा अमेरिकाको टेक्सास निवासी गैर आवासीय नेपाली सिपी पौडेलले सह कोषाध्यक्ष पदका लागि उम्मेदवारीको घोषणा गरेका छन् । सम्मेलनले सन् २०२३ देखि २०२५ सम्मका लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।

पौडेलले उक्त सम्मेलनबाट सह कोषाध्यक्ष पदमा चयन गर्न आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली समुदायसँग सहयोगका लागि अपिल गरेका छन् । एन आर एन ए राष्ट्रिय समिति अमेरिकाको अध्यक्ष पौडेलले गैर आवासीय संघको यो विश्वव्यापी अभियानको महत्वपूर्ण समयमा एक आपसमा मिलेर अगाडि बढ्नुपर्ने भन्दै अहिलेसम्म आफूले पाएको अमूल्य सहयोग, सदभाव र मार्गनिर्देशनका लागि धन्यवाद समेत दिएका छन् ।

पौडेलले गैर आवासीय संघको यो विश्वव्यापी अभियानको महत्वपूर्ण समयमा एक आपसमा मिलेर अगाडि बढ्नुपर्ने समयमा एक अर्का प्रति व्यक्तिगत गुट उपगुट पैदा गरी संस्था नै विभाजित गर्ने पद्धति र प्रक्रियाप्रति दुख ब्यक्त गर्दै सबैमा यस अभियान सफल बनाउनका निम्ति आफ्ना व्यक्तिगत आरोप, प्रत्यारोप, विभाजन रोक्दै एकजुटसँग अघि वढ्नु आवश्यक रहेको उल्लेख गरेका छन् । पौडेलले प्रवासी नेपालीको समस्यालाई सम्बोधन गरी यस सामाजिक अभियानलाई निरन्तरता दिने संकल्प बोकी उम्मेदवारी प्रस्तुत गरेको बताएका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार