23.1 C
Kathmandu

मनाङ एयर हेलिकप्टर दुर्घटना चालकसहित सबै ६ जनाको मृत्यु

काठमाडौँ / मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ को लामजुरामा दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ । मनाङ एयरको ९ एन एएमभी कलसाइनको उक्त हेलिकप्टर मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट विहान १० बजेर ५ मिनेटमा काठमाडौका लागि उडेको थियो । बिहान १० बजेर १२ मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो ।

दुर्घटनामा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।

सबै शव संकलन गरि अल्टीच्युड एयरको हेलिकप्टरमार्फत मंगलबार अपराह्न काठमाडौं ल्याइएको छ । शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार