23.1 C
Kathmandu

कोरियाले भक्तपुरको थिमिमा १५० शैयाको अस्पताल बनाउने

दक्षिण कोरियाले भक्तपुरको थिमिमा १५० शैयाको अस्पताल बनाउने भएको छ । अस्पताल बनाउन मंगलबार अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूत पार्क ते-योङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

जोखिममा रहेका क्षेत्रका गरिबहरूका लागि विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजना अन्तर्गत बनाउन लागिएको उक्त अस्पतालका लागि कोरियाले ९५ लाख अमेरिकी डलर लगानी गर्ने सहमति गरेको छ ।

गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार, कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँचको लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बीमा लक्ष्यका साथ निर्माण गरिने यो अस्पताल सन् २०२७ सम्ममा पूरा गर्ने बताइएको छ ।

अस्पतालको निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुरथिमि नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले परियोजना कार्यान्वयन गर्नेछन्।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार