23.1 C
Kathmandu

ललिता निवास प्रकरणका आरोपी विरुद्व संगठित अपराधमा अनुसन्धान शुरु

काठमाडौं ।  वालुवाटार स्थित बहुचर्चित ललिता निवास प्रकरणमा सरकारी कागजात किर्ते कसुरमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अब आरोपी विरुद्व संगठित अपराध अन्तरगत अनुसन्धान शुरु गरेको छ।

आरोपीहरूले संगठित रूपमा अपराध गरेको भेटिएको भन्दै संगठित अपराधमा पनि अनुसन्धान थालेको हो। यस प्रकरणमा अनुसन्धानको सिलसिलामा नेपाल प्रहरीले हाल सम्म ९ जनालाई पक्राउ गरिसकेको छ। काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर सिआइबीले उनीहरूमाथि संगठित अपराधमा अनुसन्धान थालेको हो।

सिआइबीले उनीहरूलाई मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौं मार्फत अदालतमा म्याद थपका लागि पेश गरेको थियो।मंगलबार अदालतले उनीहरूलाई संगठित अपराध कसुरमै अनुसन्धान गर्न ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार