29.1 C
Kathmandu

राजस्व कार्यालय प्रमुखहरूलाई अर्थमन्त्रीले भने इमान्दारिताका साथ काम गर्नुस्

काठमाडौँ / अर्थमन्त्री प्रकाशशरण महतले समय भ्याटमा नक्कली बिलको समस्या जटिल बन्दै गइरहेको बताउँदै आन्तरिक राजस्व कार्यालयका प्रमुखहरुलाई इमान्दारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।

विहिबार आयोजित आन्तरिक राजस्व कार्यालयका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री महतले पछिल्ला केही वर्षयता नक्कली भ्याट बिलको समस्या बढ्दै गइरहेको बताउँदै मन्त्री महतले यस्तो अपराधिक कार्यप्रति संवेदनशिल र गम्भिर हुन कार्यालय प्रमुखहरुलाई आग्रह गरे ।

मन्त्री महतले कार्यालय प्रमुखहरुलाई बजारको अनुगमनलाई प्रभावकारी बनाउने देखि, कारोबारको यथार्थ बिल लिने र दिने परिपाटीको विकास गर्ने काममा कर्मचारीले नैतिकता र इमान्दारिता देखाउनु पर्ने बताए ।

केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध, पुँजीगत खर्चमा आएको ह्रास लगायतका कारणले राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन आएको बताउँदै मन्त्री महतले भने, यी र यस्ता समस्याका बाबजुद हामीले इमान्दारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्ने बाहेक अरु कुनै एजेन्डा छैन, त्यसैले तपाईंहरुको कार्यप्रगतिबाट नै तपाईंहरुको मूल्यांकन हुन्छ ।’

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार