26.1 C
Kathmandu

जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय

काठमाडौं/ सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषदले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएकोले जग्गा कित्ताकाट खुला भएको जानकारी दिइन ।

भूमि सुधार मन्त्रालयको प्रस्तावमा जग्गाको कित्ताकाट खुलाउने निर्णय भएको बताउँदै प्रवक्ता शर्माले यसले जग्गाको अंशबण्डा र कारोबारलाई सहज बनाउने बताइन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार