26.1 C
Kathmandu

 फलफूल आयातमा सात महिनामा ७ अर्ब भन्दा बढि मुद्रा विदेशियो 

काठमाडौँ /चालु आर्थिक वर्षको पहिलो सात महिनामा आँप, सुन्तला, कागती, अङ्गुर र स्याउ लगायतका फलफूलको आयात गर्दा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० रुपैयाँ विदेशिएको छ ।

भन्सार विभागका अनुसार यो अवधिमा चीनबाट सबैभन्दा बढी ३ अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका स्याउ आयात भएको छ । त्यसैगरी चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट एक अर्ब १५ करोड ३२ लाख ५६ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । विभागका अनुसार सोही अवधिमा टर्कीबाट २६ लाख २५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । समग्रमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा कूल चार अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको देखिन्छ ।

यस्तै सोही अवधिमा नेपालमा भारत, दक्षिण अफ्रिका र इजिप्ट लगायत देशबाट ७८ करोड ५१ लाख १५ हजार छ सय मूल्य बराबरका सुन्तलाको आयात भएको छ । यो अवधिमा भारतबााट ७७ करोड ४८ लाख ७२ हजार, दक्षिण अफ्रिकाबाट ९० लाख ७७ हजार र टर्कीबाट ११ लाख ६६ हजार ६०० मूल्य बराबरका सुन्तलाको आयात भएको तथ्यांक छ।

यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ५३ करोड ९६ लाख पाँच हजार मूल्य बराबरको कागती आयात भएको छ । कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनु परेको कृषि तथ्याङ्कले देखाएको छ ।

यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनामा ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातका आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ ।

सोही अवधिमा अङ्गुरको आयातमा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा चीन, भारत र इजिप्टबाट ४५ करोड ५६ लाख ७७ हजार मूल्य बराबरका अङ्गुर आयात भएको तथ्यांक छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार