26.1 C
Kathmandu

सुपारी, मरिच र केराउको आयात खुला

काठमाडौँ/ विगतमा मुलुक भित्र ठूलो परिमाणमा तस्करी हुँदै आइरहेको सुपारी, मरिच र केराउको आयात सरकारले खुल्ला गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा एक सूचना जारी गर्दै उद्योगका लागि ती वस्तुको आयात खुलाएको जनाएको छ ।

व्यापारीहरूको चलखेलमा सुपारी, मरिच र केराउको आयात खुला गरिएको जानकारहरु बताउँछन् । मन्त्रालयले आयात खुलाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको लागि ती वस्तुको आयात गर्न स्वीकृति दिनेछ ।

मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेका बेला धमाधम करिब १५ सयभन्दा बढी वस्तुको आयातमा कडाई गरिररहेका बेला सरकारले औद्योगिक प्रयोजनका लागि भन्दै यी वस्तुको आयात भने खुला गरेको हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार