26.1 C
Kathmandu

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश प्रसाद थानी नियुक्त

काठमाडौं / सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमाउमेशप्रसाद थानीलाई नियुक्त गरेको छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो नम्बरमा सिफारिस भएका विरेन्द्रनगर सुर्खेतका थानीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थानी नेपाली कांग्रेस निकट सेन्ट्रल फर डेमोक्रेटिक इन्जिनियरिङ नेपाल (सिडेन) का अध्यक्ष हुन् । कार्यकारी निर्देशक छनोट समितिको बैठकले पहिलो नम्बरमा भिमसेनथापा एक गोरखाका चण्डिकाप्रसाद भट्ट, दोस्रो नम्बरमा आठराइ दुई तेह्रथुमका जीवनप्रकाश सिटौला र तेसो नम्बरमा थानीको नाम कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।

निगमको कार्यकारी निर्देशकका लागि १६ जनाले आवेदन दिएका थिए । जसमध्ये प्रतिष्पर्धामा सहभागी मध्ये सबै भन्दा बढी अंक प्राप्त गर्ने तीन सदस्यको नााम वर्णानुक्रमअनुसार मन्त्रिपरिषदमा सिफारिस गरिएको थियो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार