29.1 C
Kathmandu

मलको मूल्य निर्धारण गर्न कार्यदल सिफारिस

काठमाडौं / भारतसँग रासायनिक मल खरिदका लागि भएको सम्झौता अनुसार मूल्य निर्धारण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कार्यदल गठन गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विकास महाशाखा प्रमुख सहसचिव कमलराज गैरले नेतृत्व गर्नेगरी ९ सदस्यीय कार्यदल गठनको सिफारिस मन्त्रिपरिषदमा पठाइएको छ ।

समितिमा अर्थ, वाणिज्य, गृह, कानुन लगायतका मन्त्रालयबाट एकएक जना प्रतिनिधी सदस्य रहनेगरी कार्यदल गठनको प्रस्ताव गरिएको छ । मन्त्रिपरिषद्ले कार्यदलको टुंगो लागेपछि कार्यदलले भारतीय पक्षसँग नेपालले खरिद गर्ने मलको मूल्यबारे वार्ता र छलफल गरेर अन्तिम निर्णयमा पुगिने मन्त्रालयले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार