26.1 C
Kathmandu

नेस्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौँ / नेस्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्थाको प्राथमिक निस्कासन बाँडफाँट भएको छ । मंगलबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँट गरेको हो । बाँडफाँटमा ७७ हजार ४ सय ५३ जना आवेदकले १०र१० कित्ता र थप ३ जनाले ११ कित्ताका दरले सेयर हात पारेका छन् ।

संस्थाद्धारा जारी विज्ञप्ति अनुसार उक्त सेयरका लागि २५ लाख २७ हजार १ सय १ जना आवेदकले आवेदन दिएकोमा २५ लाख २२ हजार ९ सय ५५ वटाको मात्रै योग्य ठहरिएको आईएमई क्यापिटलले जनाएको छ । ती लगानीकर्ताले २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ता सेयर माग गरेका थिए ।

नेस्डो लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँका दरले यही फागुन ११ देखि १५ गतेसम्म ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निस्कासन गरेको थियो । जसमध्ये ४१ हजार ४ सय ३७ कित्ता सामूहिक लगानी कोष र १२ हजार ७ सय ५० कित्ता कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी रहेको सेयरमध्ये सर्वसाधारणलाई ७ लाख ७४ हजार ५ सय ६३ कित्ता छुट्याइएको थियो । यस्तै, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्यायाइएको सेयर पनि बाँडफाँट गरिसकिएको जारी विज्ञप्तिमा उल्लेख छ । आईपीओको नतिजा आईपीओ रिजल्ट डट् सीडीएससी डट्कम डट्एनपीमा हेर्न सकिनेछ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार