26.1 C
Kathmandu

७ अर्ब २६ करोडको आईपीओ आउँदै

काठमाडौँ /प्राथमिक निष्कासन (आईपीओ) निष्कासन अनुमतिका लागि करिब २६ कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेका छन् । बोर्डमा मंगलबारसम्म आवेदन दिएका विभिन्न क्षेत्रका २६ कम्पनीले ७ अर्ब २६ करोड ६९ लाख २८ हजार ९ सय रुपैयाँ बराबरको ९६ करोड ५९ लाख ४९ हजार २ सय ८९ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।

बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउनेछन् । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । (आईपीओ) निष्कासनका लागि तयारी रहेकामा २० वटा जलविद्युत् कम्पनी, ३ वटा लघुवित्त, दुई वटा बिमा र एउटा ‘अन्य’ क्षेत्रका कम्पनी छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार