23.1 C
Kathmandu

अर्थतन्त्रको बिग्रिँदो अवस्थाबारे प्रधानमन्त्रीले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट ब्रिफिङ लिएका छन् ।

सोमबार बिहान वालुवाटारमा प्रधानमन्त्री देउवाले अर्थतन्त्रको समसामयिक विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, अर्थमन्त्री जनार्दन शर्मा, गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग सचिव अर्जुनप्रसाद पोखरेल र वाणिज्य सचिव गणेशप्रसाद पाण्डेलगायतसँग छलफल गरेका छन् । १० बजेबाट सुरु भएको छलफलमा अर्थतन्त्रको पछिल्लो अवस्थाबारे कुराकानी भएको बताइएको छ ।

‘निरन्तर घटिरहेको विदेशी विनिमय सञ्चिति, बढ्दो शोधनान्तर घाटा, घट्दो रेमिट्यान्स, व्यापार घाटालगायत विषयमा प्रधानमन्त्रीले पछिल्लो जानकारी लिनुभएको हो,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परिवारले भने, ‘बैंकिङ प्रणालीबाट आउने रेमिट्यान्समा सुधार ल्याउन, विदेशी मुद्रा सञ्चिति बढाउन, शोधनान्तर घाटा कम गर्नेलगायत विषयमा तत्काल काम गर्न प्रधानमन्त्रीले निर्देशन पनि दिनुभएको छ ।’

अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच राम्रो सम्बन्ध नभएको टिप्पणी समेत भइरहेको सन्दर्भमा प्रधानमन्त्रीले दुवै निकायको समन्वय र सहकार्यबाटै संकटबाट पार लगाउन सकिने सुझाव दिएको समेत बताइएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार