23.1 C
Kathmandu

एक सातामा बैंकहरुमा निक्षेपमा ११ अर्वले वृद्धि

काठमाडौं /पछिल्लो एक सातामा बैंकहरुमा निक्षेपमा ११ अर्वले वृद्धि भएको छ । लगातार निक्षेप घटिरहदा समस्यामा देखिएका बैंकहरुमा निक्षेपमा सुधार देखिएको हो । फागुन १३ गतेसम्म बैंकहरुमा ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । फागुन २० गतेसम्म भने ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अर्थात एक सातामै ११ अर्ब रुपैयाँले निक्षेप थपिएको छ । उता कर्जा लगानी पनि यस अघिको जस्तो धेरै बढेको छैन ।

जति निक्षेप थपियो त्यसको आधा भन्दा कममात्रै कर्जा लगानी भएको छ । १३ फागुनसम्म बैंकहरुमा ४१ खर्ब ६५ अर्ब रुपैयाँ बैंकहरुको कर्जा लगानी भएको थियो । एक हप्ताको अवधिमा ५ अर्ब रुपैयाँ बढेर २० फागुनमा कर्जा ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार