29.1 C
Kathmandu

देशमै उत्पादन थालियो सुरक्षाकर्मीका लागि आवश्यक कपडा

पर्सा /सुरक्षाकर्मीहरूले लगाउने पोसाकलाई आवश्यक कपडा स्वदेशमै उत्पादन हुन थालेको छ । वीरगन्जस्थित कोहिनूर टेक्सटाइल्स र क्राउन टेक्सटाइल्सले ४ विगत चार महिना देखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोसाकका लागि आवश्यक कपडा उत्पादन गरिरहेका छन् ।

स्वदेशमै सुरक्षाकर्मीको पोसाकका लागि आवश्यक कपडा तथा तयारी पोसाकसमेत उत्पादन हुन थालेपछि तीनवटै सुरक्षा निकायका पोसाक आयातका लागि बर्सेनि बाहिरिने करिब ५० करोड रुपैयाँ रोकिने भएको छ । विगतमा चीन तथा भारतबाट सुरक्षाकर्मीका लािग पोसाकको कपडा आयात हुने गरेको थियो । वीरगन्जस्थित दुवै कपडा उत्पादक उद्योगले सहकार्यमा चार महिनायता नेपाली सेनाको पोसाकका लागि ६ लाख मिटर कपडा, सशस्त्र प्रहरीका लागि ७० हजार जोर तयारी पोसाक र नेपाल प्रहरीको पोसाकका २ लाख ७० हजार मिटर कपडा उत्पादन गरिरहेका छन् ।

यस वर्ष सुरक्षा निकायलाई कपडा र पोसाक उपलब्ध गराउने ठेक्का पाएको एडी सप्लायर/ जय सलिना इन्टरप्राइजेज ज्वाइन्ट भेन्चर कम्पनीले आफूहरूसँग पोसाकको कपडा किनिरहेको कोहिनूर टेक्सटाइल्सका सञ्चालक पीताम्बर मुन्काले जानकारी दिए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार