23.1 C
Kathmandu

आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्णः अर्थमन्त्री

काठमाडौं / अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नयाँ बानेश्वरमा शुक्रबारबाट सञ्चालनमा आएको जीवनदाता बहुउद्देश्यीय सहकारी संस्थाको उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन् ।

अर्थमन्त्री शर्माले तीन खम्बे अर्थनीति मध्येको एक खम्बा सहकारी क्षेत्र रहेको उल्लेख गर्दै सहकारी संस्थाले पारदर्शी तरिकाले सेवा प्रदान गर्नु पर्नेमा जोडदिए । व्यक्तिगत स्वार्थ त्यागेर सदस्यहरुको हित हुने गरी सेवा प्रवाहमा ध्यान दिन सके सहकारी संस्थाहरुले अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्‍याउने मन्त्री शर्माको भनाई थियो।

बागमती प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी संस्थाबाट अनुमति पाएको जीवनदाता बहुउद्देश्य सहकारीले काठमाडौं, भक्तपुर र ललितपुर कार्यक्षेत्र बनाई सेवा सुरु गरेको हो ।

संस्थाका सचिव कुमार सिग्देलका अनुसार २ करोड रुपैयाँ चुक्ता पूँजीबाट सहकारी सञ्चालन ल्याइएको हो । संस्थाले छरिएर रहेको पूँजी, श्रम र सीपलाई एकत्रित गरी उत्पादनशील, आयमुलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने उदेश्य लिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार