26.1 C
Kathmandu

विद्युतीय मतदान यन्त्र प्रयोग गर्न विशेषज्ञ टोलीको सुझाव

काठमाडौं । निर्वाचन आयोगलाई आगामी निर्वाचनमा मतपत्र र मतपेटिकासमेत जोडिएको विद्युतीय मतदान यन्त्र प्रयोग गर्न विशेषज्ञ टोलीले सुझाव दिएको छ । विद्युतीय मतदानको सम्भाव्यता अध्ययनका लागि आयोगले ८ सदस्यीय टोली गठन गरेको थियो । टोलिले विद्युतीय मतदान यन्त्रमै मतदान गरेको चिन्हसमेत प्रिन्ट हुने मेसिन प्रयोग गर्नुपर्ने सिफारिस गरेको हो ।

अध्ययन समितिले भोटर भेरिफायल पेपर अडिट ट्रायल (भीभीपीएटी) सहितको विद्युतीय मतदान यन्त्र प्रयोगमा जोड दिएको छ । भीभीपीएटी सहितको विद्युतीय मतदान यन्त्रको प्रयोगले मतदाताका साथै निर्वाचनमा प्रतिस्पर्धा गर्ने दलहरू समेत सुनिश्चित हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । मतदाताले मतदान गरेपछि उसले देख्ने गरी कागजमा त्यही दलको चिन्ह प्रिन्ट हुन्छ र मतपेटिकामा सुरक्षित रहन्छ ।

प्रतिवेदनमा भनिएको छ, ‘मतगणनाका क्रममा मेसिनले गणना गरेको मतपरिणाम उपर कुनै पक्षलाई चित्त नबुझेमा भीभीपीएटीले प्रिन्ट गरेको कागजी मतपत्रहरूलाई गणना गरी मेसिनको विश्वसनियता सुनिश्चित गर्न सकिन्छ ।’

अध्ययन टोलीले विद्युतीय मतदान यन्त्रको प्रयोगबाट भएको निर्वाचनमा धाँधली वा चलखेलको प्रश्न उठेमा भीभीपीएटी प्रविधियुक्त मेसिनको मतपेटिकामा सुरक्षित रहेको दलको निर्वाचन चिन्हअंकित मत गन्न सकिने औँल्याएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार