26.1 C
Kathmandu

मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्रलाई नाजुक अवस्थामा पुर्‍याउँछः परिसंघ

काठमाडौं / नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाले अर्थतन्त्रलाई अझै नाजुक अवस्थामा पुर्‍याउने बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै परिसंघले यस्तो धारणा सार्वजनिक गरेको हो ।

दुई अंकले बैंक व्याजदर बढाइनुले वाणिज्य बैंकहरू थप समस्यामा पर्ने, व्याजदर बढ्ने, उपभोग्य वस्तुको मूल्य वृद्धि हुने परिसंघको विज्ञप्तिमा उल्लेख छ ।

परिसंघको विज्ञप्तिमा भनिएको छ‘-एकै पटक २ अंकले बैंकदर बढाइनुले वाणिज्य बैंकहरू थप समस्यामा पर्ने निश्चित छ । यसले लगानीको व्याजदर बढ्ने, उपभोग्य वस्तुको मूल्य वृद्धि हुने र अर्थतन्त्र अझै नाजुक अवस्था तिर जाने तिर जाने भन्दै परिसंघले चिन्ता ब्यक्त गरेको छ ।

मौद्रीक नीतिको समीक्षाले पुनरकर्जालाई नियन्त्रित गर्न खोजेको भन्दै परिसंघले कोभिडको प्रभाव अर्थतन्त्रमा अझै पनि कायम रहेको अवस्थामा पुनरकर्जा नियन्त्रण गर्दै त्यसको ब्याजसमेत बढाइँदा उद्योग व्यवसायमा प्रतिकूल असर पुग्ने दाबी गरेको छ । उसले उत्पादनशील क्षेत्रका साथै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन र निर्यातमुखी उद्योगहरूको क्षेत्रमा पुर्नकर्जाको सुविधा यथावत राख्न पनि माग गरेको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार