29.1 C
Kathmandu

एटीएम विस्तारमा आक्रामक हुँदै शिव शिखर, सातौं एटीएम ललितपुरको ठैब खोल्यो

ललितपुर । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौ एटीएम ललितपुरको ठैंबमा संचालनमा आएको छ । सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले सोमबार एक कार्यक्रमबीच एटीएम सेवाको शुभारम्भ गरे ।

उदघाटन कार्यक्रममा विभागका रजिष्टार अधिकारीले सहकारी संस्थाहरूलाई पनि पेपरलेश (कागजविहीन) बनाएर प्रविधिमा आधारित सहकारी संस्था बनाउनुपर्नेमा जोड दिए । सहकारीको अर्थ सहकार्य भएको भन्दै उनले सहकारी संस्थाहरूले सर्वशुभल रूपमा स्थानीय जनतालाई सेवा दिनुपर्नेमा विशेष जोड दिए ।

सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमले भक्तपुरको कमलविनायकबाट पहिलो पटक पुस २२ गते एटीएम सेवा सुरु गरी अहिले सातौं एटीएम सेवा ललितपुरको गोदावरी नगरपालिका वडा नं १४ ठैंबमा सुरु गरेको बताए ।

उनले एटीएम सेवाहरू उपत्यकासहित उपत्यकाबाहिरका पोखरा, बाँंके, सुर्खेत, डोटीलगायतका ठाउँहरूमा पनि सञ्चालन गरिएको बताए ।

सहकारी संस्थाले सहकारीलाई आधुनिक प्रविधिमा जाने क्रममा पहिलो पटक मोबाइल एप्लिकेशन सुरु गरेको जानकारी पनि उक्त एटीएम उद्घाटन कार्यक्रमा दिइएको छ । सहकारी संस्थालाई थप प्रविधिमैत्री बनाउँंदै लैजाने योजना रहेको पनि सहकारीले जानकारी दिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार