26.1 C
Kathmandu

बैंकको ऋण तिर्दिनँ भन्ने र तिर्नु हुन्न भन्नेलाई सरकारले नछाड्ने

काठमाडौँ । पछिल्ला दिनमा बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्दिनँ र तिर्नु हुन्न भन्ने अभिव्यक्ति दिँदै अभियान चलाउनेहरुलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने भएको छ । विहीबार नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग भेट्न पुगेका नेपाल बैकर्स संघका पदाधिकारीसँग मन्त्री पुनले यस्तो भनाइ राखेका हुन । 

भेटघाटका क्रममा मन्त्री पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने बताउँदै उनीहरूलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने बताए । 

मन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा समेत बैंकको ऋण नर्तिन भड्काउँदै हिड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न निर्देशन दिएको बताएका थिए । सरकारले लगानीको वातावरण बनाउने बताउँदै निजी क्षेत्र आत्तिने र डराउने वातावरणको सरकारले अन्त्य गर्ने बताए । 

भेटघाटका क्रममा नेपाल बैङ्कर्स संघका अध्यक्ष सुनिल केसीलगायतले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउँदै ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि भौतिक आक्रमण समेत हुने गरेको बताउँदै यस्ता घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरेका थिए । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार