29.1 C
Kathmandu

काठमाडौँ महानगरपालिकाले सिपमूलक तालिम सञ्चालन गर्न २३ कलेजसँग गर्याे सम्झौता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिपमूलक तालिम सञ्चालन गर्नका लागि महानगर भित्रका सरकारी र निजी गरि विभिन्न २३ वटा कलेजसँग सम्झौता गरेको छ । महानागर अन्तर्गतको सामाजिक विकास विभागले बिहिबार सिपमूलक तालिम सञ्चालन गर्ने स्थलका लागि ती कलेजसँग गरेको हो ।

 विहिबार आयोजित एक कार्यक्रमकाबीच विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । महानगरपालिकाले चालु आर्थिक बर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा ल्याएको छ । यीमध्ये रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि कार्यक्रम पनि एक हो । उक्त कार्यक्रममा रोजगारमूलक सिप विकास तालिम सञ्चालन गरिने छ । यस्ता विविध विधाका तालिम सञ्चालन गर्ने स्थलका लागि ती कलेजसँग सम्झौता गरिएको महानगरले जनाएको छ ।

यो कार्यक्रममा सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सिप सिकाउने तथा सिपको स्तरोन्नति गराइनेछ । १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आवद्ध गराउने लक्ष्य राखिएको छ ।

सम्झौताबमोजिम कलेजहरुले तालिम सञ्चालनका लागि निः शुल्क रुपमा कक्षा कोठा र प्रयोगशाला उपलब्ध गराउनेछन् । प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ । यसका लागि कलेजहरुले महानगरपालिकामा लागत अनुमान पेश गर्नुपर्ने उल्लेख छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार