26.1 C
Kathmandu

दुई महिना नबढेको बैंक ब्याज फेरि बढ्यो, निक्षेपको ब्याजदर १२ प्रतिशत पुग्यो

काठमाडौं । दुई महिनादेखि नबढेको बैंक ब्याज फेरि बढ्ने भएको छ । भोलि फागुन १ देखि बैंकहरुले निक्षेपको ब्याज बढाउने घोषणा गरेका छन् । बैंकहरुले निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि सोही अनुपातमा ब्याजदर बढ्ने भएको छ ।

फागुनदेखि ब्याज बढाउने विषयमा बैकर्स संघको निर्णय गरेको छ । यस्तो निर्णणबाट अब व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.०५ पुग्ने भएको छ ।

बैंकहरुले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने छन् । रेमिट्यान्स पनि बैंकको निक्षेप नै भएकोले फागुनदेखि बैंकमा निक्षेपको ब्याजदर १२ प्रतिशत पुग्ने भएको छ ।

माघ महिनामा व्यक्तिगत तर्फ १०.०३ प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर थियो । बैंकहरुले दुई महिनादेखि नबढाएको निक्षेपको ब्याजदर बढाएर निक्षेप तान्ने उपायको खोजी पुनः सुरु गर्ने भएका छन् । नेपाल बैकर्स संघको कार्यसमितिको बैठकले फागुनदेखि लागू हुने सबै प्रकारको निक्षेप खातामा ब्याजदर बढाउने निर्णय गरेको हो ।

शुक्रबार बसेको संघको बैठकले व्यक्तिगत तर्फ मुद्दतिमा ११.०३ प्रतिशत,संस्थागतमा १०.३ प्रतिशत पुर्याउने निर्णय गरेको हो । बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत पुर्याउने निर्णय बैंकर्स संघले गरेको हो । कार्यसमिति बैठकपछि संघले आफ्ना सदस्यलाई सोही अनुसार निर्णय गर्न निर्देशन दिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार