29.1 C
Kathmandu

एमसीसी संसदमा लैजाने देवाको प्रस्ताव, नेपाल र दाहालको असहमति

काठमाडौं । एमसीसी संसदमा प्रवेश गर्ने विषयमा सत्ता गठबन्धनभित्रै सहमति छैन । अमेरिकी अनुदान सहायता एमसीसी सम्झौताबारे संसद्मा छलफल अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रस्ताव सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताले अस्वीकार गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौतामा छलफलमा लैजान प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको नेकपा माओवादी अध्यक्षका स्वकीय सचिव रमेश मल्लले बताए।

मल्लले भने प्रधानमन्त्रीले एमसीसी संसद्मा प्रस्तुत गरौँ, त्यहीँ यसबारे लोकतान्त्रिक छलफल हुन्छ। दलहरूले आफ्ना धारणा राख्न पाउँछन् भनेका छन ।

ूतर अरू नेताहरूले अहिले हतार नगरौँ। गठबन्धनबीच समान धारणा नबनेको र प्रतिपक्षले पनि धारणा स्पष्ट नगरेको अवस्थामा यसलाई संसद्मा लगेर मात्रै अर्थ छैन भन्ने कुरा राखेका छन ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार