29.1 C
Kathmandu

ग्रीनलाइनका सञ्चालकले भने ऋण जसरी पनि तिर्छु, नेपालमै मर्छु कतै भागेर जान्न

काठमाडौं । ग्रीनलाइनका सञ्चालक अमित अग्रवालले आफ्नो ज्यान खतरामा रहेको भएपनि नेपालमै बस्ने र ऋण तिर्ने बचनबद्धता भने व्यक्त गरेका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । अग्रवालले आफुलाई ऋण लिनेहरुले निकै समस्यामा पारेको बताए । ऋण लिनेहरुले समस्यामा पारेको कारण केही समय सबैको सम्पर्क बाहिर रहनु परेको बताए ।

अग्रवालले विभिन्न बैंक तथा अन्य गरी तीन अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भनेर हल्ला गरिएपनि त्यो गलत भएको बताए । उनका अनुसार ८० करोड रुपैयाँ मात्रै तिर्न बाँकी रहेको छ । अग्रवालले पत्रकार सम्मेलनमा आफुले मिटरब्याजमा २४ प्रतिशत तिरेर ऋण लिएको र त्यही ऋणका कारण उठ्न नसकेको दाबी गरे ।

पत्रकारसम्मेलनमा उनले आफु देश छाडेर अन्यत्र नगएको र उपचारको शिलशिलामा केही समय देशबारिह रहेको बताए । आफ्ना प्रतिस्पर्धीहरुले आफ्नो व्यापार व्यवसायलाई समाप्त गर्नको लागि विभिन्न नकारात्मक प्रचार बाजी गरेको बताए । उनले आफै बैंकको ऋण किस्ता र अन्य साहुहूको सापटी रकम भुक्तानी गर्न प्रतिबद्ध रहेको बताए । उनले बैंक र साहुलाई संयमित बन्न आग्रह गरेका छन् ।

अग्रवालले आफ्नो ज्यानको सुरक्षा र सहज तरिकाले व्यापार व्यवसाय गर्न सकेको खण्डमा मर्नु वा बाँच्नु जे गर्नुपरेपछि नेपालमा नै गर्न चाहेको जानकारी गराए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार