26.1 C
Kathmandu

राष्ट्र बैंकले भन्यो विद्युतीय कारोबार सुरक्षित र विश्वसनिय भएर गर्नुस्, नत्र फसिएला !

 नेपाल राष्ट्र बैंकले इन्टरनेटमा आधारित वित्तीय कारोबार गर्दा सचेत रहन आग्रह गरेको छ। अनलाइनको माध्यमबाट वित्तीय ठगीका गतिविधि बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले सुरक्षित रहेर कारोबार गर्न आग्रह गरेको हो। 

सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङ को युजरनेम तथा पासवर्ड माग्ने, नक्कली नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई उक्त चिट्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेको जानकारीमा आएकोले सचेत रहन राष्ट्र बैंकले आग्रह गरेको छ। 

अनलाइन वित्तीय कारोबार गर्न राष्ट्र बैंकका टिप्स

१. अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, वटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन। मोबाइल तथा अन्य डिभाइस एवम् एप का पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ। यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ।

२. सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको व्यहोरा अन्य माध्यमबाट यकिन गरेर मात्र रकम पठाउनु पर्दछ।

३. अनावश्यक तथा अनधिकृत एपमा आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नुहुँदैन। यसरी अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन्।

४. कसैले रकम भुक्तानी गर्ने बहानामा  बारकोड अथवा  क्युआर कोड पठाएको अथवा एप को पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनुपर्दछ। रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्युआर कोड अथवा पासवर्ड पठाउन आवश्यक छैन।

५. कुनै पनि वेबसाइट मार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो होइन यकिन गरेर मात्र कारोबार गर्नुपर्दछ । कुनै पनि वेबसाइट को ठेगाना “https://” बाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले वेबसाइटको को ठेगाना “https://” बाट सुरु भए नभएको यकिन गर्नुपर्दछ।

६. विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाई सम्बन्धी पोर्टल https://gunaso.nrb.org.np मा गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार