26.1 C
Kathmandu

शे फोक्सुण्डो गाउँपालिकाकामा इन्टरनेट सेवा विस्तार

काठमाडौं/ कर्णालीको विकट शे फोक्सुण्डो गाउँपालिकाका विभिन्न वडामा इन्टरनेट सेवा विस्तार भएको छ । यातायात र सञ्चार सेवाबाट निकै पछाडि रहेको यो गाउँपालिका जनप्रतिनिधिहरूको सक्रियतामा विभिन्न वडाहरूमा इन्टरनेटको सञ्जालमा जोडिएका हुन । 

गाउँपालिकाका अनुसार वडा नं ८र ९ मा २०७७/ ७८ सालमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा सुरुवात गरिएको थियो । तर भौगोलिक बिकटता र समयमा सामान उपलब्ध नभएकाले गाउँपालिकाका अन्य वडाहरूमा इन्टरनेट सेवा विस्तार गर्न सकिएको थिएन । 

साउन २१ गते गतेदेखि वडा नं. १ को कोमास, वडा नं.२ को काराङ, वडा नं.साल्दाङ, वडा नं. ४ नाम्दोमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार हाललाई वडा कार्यलय नभएकोले संरक्षण सहित सबैको पायक पर्ने ठाउँमा वडा अध्यक्षको निगरानीमा राखिएको छ। यसका साथै वडामा रहेको विद्यालयहरूमा पनि १ सेट इन्टरनेट जडान गरिएको छ । 

गाउँपालिकाको केन्द्र साल्दाङमा पनि जडान भएको छ। गाउँपालिका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङका अनुसार गाउँपालिकाको भिजेरमा, फोत र कु गाउँमा पनि छिट्टै इन्टरनेट सेवा विस्तार गरिने छ । 

दुर्गम ठाउँमा इन्टरनेट सेवा विस्तार भएपछि यसले आवश्यक सरकारी तथा अन्य सेवाहरू सञ्चालनमा निकै सजिलो भएको अध्यक्ष गुरुङले बताए । उनले भने, जनताहरूको आवश्यकता अनुसार सेवा दिन सजिलो भएको छ भने यसले बिधुतिय तथा नेटवर्कबाट हुने कामहरु गर्न सजिलो हुने छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि राम्रो टेवा पुग्ने विश्वास गरेका छौं। उनले यसको सुरक्षा र दिगो सेवा बिस्तारको निम्ति सबै नागरिकलाई ध्यान दिन आग्रह समेत गरेका छन् । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार