26.1 C
Kathmandu

नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

काठमाडौ । इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्स सम्बन्धि विभिन्न विद्युतीय सामग्रीका बारेमा जानकारी दिने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा भाद्र १५ देखि १७ सम्म भृकुटीमण्डपमा  नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।

विद्युतीय, विद्युतीय उपकरण, र ऊर्जासँग सम्बन्धित प्रदर्शनीको दोस्रो संस्करणका रुपमा आयोजना गर्न लागिएको यो प्रर्दशनी नेपालको पहिलो एकमात्र  बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युतसँग सम्बन्धित प्रदर्शनी भएको आयोजकले बताएका छन् ।  मिडिया स्पेस सोलुसन्सका साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. ली. तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा. लि. को संयोजकत्वमा यो प्रर्दशनी आयोजना हुन लागेको हो ।

नेपाल इलेक्ट्रिक इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्स प्रदर्शनीले प्रदर्शनी, सम्मेलन र साझेदारी गरि आधारभूत रूपमा तीन सोचहरूको समायोजन गर्न खोजेको बताइएको छ । यी तीन सोचहरूबाट नेपालमा विद्युत, विद्युतीय उपकरण, घरबारमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा ऊर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार